कृष्ण तिवारी , असार २० गते।
रौतहट जिल्लाको गौर नगर पालिका वडा नम्बर १ मा रहेको पुरानो एतिहासिक शिवालय मन्दिरको जिर्ण अवस्थामा रहेको भवन निर्माणको लागि आएको बजेट भवन निर्माण न गरि रंग रोदन र जस्ताको छाना बनाएर सकिन लागेको छ!
मधेश प्रदेश सरकारको उद्योग पर्यटन तथा बन मन्त्रालय बाट शिवालय मन्दिर निर्माण कार्य गर्नको लागि दिएको २०लाख बजेट उपभोक्ता समितिले भवन निर्माण नै नगरी रकम दुरुपयोग गर्न लागेको हो!
डिभिजन बन कार्यालय रौतहटले 2078 साल चैत्र 29 गतेमा गरेको पत्राचारमा आर्थिक वर्ष 2078/079 को स्वीकृति कार्यक्रम अनुसार शिवालय मन्दिर निर्माण गर्नु पर्ने भएकोले उपभोक्ता समिति गठन गरि पठाई दिन उल्लेख गरिएको देखिन्छ!
सब डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण कार्य हुने र त्यसको लागि गौर नगरपालिकाले आवश्यक सहयोग गर्ने भनि लेखिएको पत्रको बिपरित नगर प्रमुख शम्भु साह कानुले आफ्नो कार्यकर्तालाइ उपभोक्ता समिति गठन गरि गराई रहेको कार्यमा प्रदेश सरकारको रकम दुरुपयोग भई रहेको हो!
डिभिजन बन कार्यालयले गरेको पत्रमा शिवालय मन्दिर निर्माण गौर नपा 1, बलेश्वरनाथ मन्दिर सौदार्यकारण गौर नपा 2, अधुरो मस्जिद निर्माण गौर 8,नहर रोड पार्क निर्माण गौर 5 को योजना रहेको छ!
गौर नगर पालिका वडा नम्बर 1 का वडा अध्यक्ष लालबाबु चौधरीको रोह्बारमा गठन गरिएको उपभोक्ता समितिको निर्णयमा पनि शिवालय मन्दिर निर्माण गर्ने कार्य उल्लेख गरिएको छ!
राजु प्रसाद जयसवाल अध्यक्ष,बिरेन्द्र प्रसाद जैसवाल सचिव,शिला देवी कोषाध्यक्ष,सदस्यमा राज कुमार दास, सकुन्तला देवी,उषा देवी र चुल्हाई दास तत्मा रहेको उपभोक्ता समितिले मन्दिर निर्माण नगरी परिसर भित्र रहेको बर्षौ पुरानो भवन लाइ मरमत, माथि जस्ताको छाना हालेर रंग रोदन गरि रकम अनियमित्ता गर्ने कार्य गरि रहेको स्थानीयहरुले बताएका छन्!
मन्दिरको पहिला देखी रहेको पर्खाल माथि थप गरि ग्रील लगाउनुको साथै जग्गा बनाउने काम उपभोक्ता समितिका अध्यक्ष राजु प्रसाद जैसवालले गरि रहेका छन्!
डिभिजन बन कार्यालयका योजना अधिकृत छैठो मधुकान्त प्रसाद सिंले स्वीकृति योजना अनुसारको नया भवन निर्माण गर्न उपभोक्ता समितिलाई स्पस्ट निर्देशन दिएको बताएका छन्!
भवन निर्माण नगरे सम्म भुक्तानी नहुने समेत सिंहले बताए,उनले भने मन्दिर निर्माणको लागि गएको बजेटले ट्रस्ट निर्माण गर्नु कानुन विपरित कार्य भएकोले भुक्तानी हुन नसक्ने दाबी गरे!
सब डिभिजन अधिकृत मुकेश श्रीवास्ताबले मन्दिर निर्माण नगरी मरमत को कार्य गरि रहेको जनाए! तत्कालिन प्रदेश सरकारका बन मन्त्रि राम नरेश राय गौर भ्रमणमा आउदा शिवालय मन्दिरमा पुजारी बस्ने कोठा जिर्ण भएको र शौचलाय समेतको अभाव भएको जानकारी गराउदा बजेट विनियोजन गरेको गौर नगर पालिकाका पूर्व मेयर अजय कुमार गुप्ताले बताए! गुप्ताका अनुसार जुन कामको लागि रकम आएको हो त्यहि काम गर्नु पर्नेमा त्यो नगरी मरमतको काम गर्नु कानुन समत नरहेको टिप्पणी गरे!
5 लाख भन्दा बढीको योजना भएको ठाउमा लागत सहित को पूर्ण विबरण उल्लेख गरि योजना स्थलमा होर्डिंग बोर्ड राख्नु पर्नेमा त्यो समेत उपभोक्ता समितिले राखेको छैन!
पदभार सम्भाले देखी नै गौर नगरपालिकाको मुख्य सडक मा रहेको नाला सर सफाई, बिद्यालय निरिक्षण,स्वास्थ्य चौकी अवलोकन गर्न व्यस्त देखिएका मेयर साहले चालु आर्थिक बर्षमा संचालन भई रहेको बिभिन्न योजनाहरुमा आफ्नो नाता गोता,भाई भरदार र पार्टी कार्यकर्ताहरुलाई बढी प्राथमिकता दिने गरेको स्थानीय हरुको भनाइ रहेको छ!
मन्दिर जस्तो धार्मिक स्थलमा कमिशनको लोभमा योजना विपरित कार्य गराउने जिम्मेवार व्यक्ति समेत उपर स्थानीय हरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत गरेको बुझिएको छ!
गुठी सस्थानको मातहतमा रहेको सो मन्दिरमा दर्शन गर्न रौतहट आएका तत्कालिन राजा ज्ञानेन्द्र बिर विक्रम साहले मन्दिरको मरमत गर्न लागि नगद दिएको सहयोग बाट कम्पउण्ड वाल निर्माण गरिएको थियो! मन्दिर ब्यबस्थापन समितिले कुनै चासो देखाएको छैन! निर्माण कार्य गर्नको लागि गुठी सस्थानबाट समेत स्वीकृति नलिएको बुझिएको छ! वडा भेलाबाट उपभोक्ता समिति गठन गर्नु पर्नेमा 32 जनाको मात्र उपस्थतीमा उपभोक्ता समिति गठन गरेको देखिएकोले बजेट दुरुपयोग गर्ने नियत रहेको प्रस्ट बुझिन्छ!