सरकारले नयाँ नागरिकता विधेयक ल्याउने तयारी गरेको छ ।
बुधबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा सरकारले नयाँ नागरिकता विधेयक ल्याएर दर्ता गराउने तयारी गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयकफिर्ता लिने निर्णय गरेको थियो ।
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेकाले मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरेको हो ।
अब आज बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिकता पूरा गरेर विधेयक फिर्ता लिनु पर्ने छ । सरकारले बुधबार नै नागरिकता सम्बन्धि अर्को विधेयक लैजाने तयारी पनि गरेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको हो । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने वंशजको नागरिकता दिने सहमति पनि भएको बुझिएको छ I