वीरगञ्ज, २३ अषाढ । बाराको कलैयामा सञ्चालित इमेज पानी उद्योगको प्याकिङ्ग गरिएको बोत्तलमा अखाद्य सामग्री फेला परेको छ ।
सिल प्याकिङ्ग गरिएको पानीको बोत्तल भित्र किरा भेटिएको हो । उत्पादकोको लापरवाहीका कारण बोत्तल भित्र किरा भेटिएको उपभोक्ताले बताएका छन् ।
उद्योग सञ्चालन गर्दा मापदण्डको पूर्णरुपले पालना नगर्दा सिल गरिएको पानीको बोत्तल भित्र किरा पर्न गएको र त्यसरीनै बजारसम्म आइपुगेको उपभोक्ताले गुनासो गरेका हुन् ।
उद्योगको लापरवाहीका कारण पानी प्रयोग गर्न उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने चिकित्सकको भनाई छ ।
नारायणी अस्पतालका एकजना चिकित्सकका अनुसार किरा भएको पानी सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ र उपभोक्तालाई अस्पतालसमेत भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ ।
इमेज पानी एउटा प्रतिष्टित ब्राण्ड हो । छोटो समयमा कम्पनिले आफूलाई बारा जिल्ला मात्र नभई मधेश प्रदेशमै एउटा ठूलो ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको छ ।
यद्दपी कम्पनिको पानी बोत्तललाई उपभोक्ताले विश्वास गरेर खरिद गर्दा उनीहरुसँग धोका हुनेगरेको वीरगञ्जको एकजना स्थानीय होटल सञ्चालकले बताए ।
होटल सञ्चालकका अनुसार कम्पनिले कहिलेकाहिँ बोत्तलमा प्रसोधन गरिएको पानी भनेर चापाकलको पानी भरेरसेमत पठाउने गरेको छ ।
यसरी प्रसोधन गरेको पानी नपठाउँदा चापाकलको पानी केहि दिन भित्र बोत्तलमै बिग्रिने गरेको उनले गुनासो गरेर । उद्योगका सञ्चालकसँग यस विषयमा बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।