राैशन चाैधरी । असार २६ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाकाे पुर्व नगर प्रमुख सियाराम कुश्वाहाले आफ्नै गाउँको वार्ड नं.२ जमुनियामा तिन वटा होमपाइप खरिदमा २५ लाख स्वाहा गरेको खुलासा गरेकाे पाईएकाे छ । नव निर्वाचित मेयर अजय प्रकाश जयसवालले गरे डाइभर्सन निरीक्षण गरेकाे छ । डाईभर्सन पुल समान्य बर्षाको पानिले भत्काएर पहिलेकै अवस्थामा बाटो अबरुद्ध भएको स्थानियबासिहरुले गुनासो गरे पछि नव निर्वाचित नगर प्रमुख जयसवालले आईतवारका दिन पुल निरक्षण गरेकाे छ ।
मेयर जयसवालले एक हप्ता भित्रमा हाेमपाईप मर्मत तथा बाटाे मर्मत गर्ने र एक वर्ष भित्रमा पुल निर्माण गर्ने प्रतिबधाता व्यक्त गरेकाे छ । पुर्व मेयर कुशवाहाले लाखाै रकम ३ वटा हाेम पाईप लगाएर २५ लाख भ्रष्टाचार गरेकाे आराेप स्थानीयले लगाएकाे छ । बर्षो देखि सास्ती खेपि रहेको जमुनियावासिलाई नगर प्रमुख जयसवालले हरेक सुख दुख आफ्नै सम्झेर उक्त पुलको निर्माण गर्न लागेको बताउनु भयो ।पुर्व नगर प्रमुख सियाराम कुश्वाहाले बिगत पाँच सालमा नगर्न सकेको काम नव निर्वाचित नगर प्रमुख अजय प्रकास जैसवालको पदभार ग्रहण गरेको महिना दिन नबित्दै नगरबासिको हक हितमा हुने कार्यलाई तिब्रता दिएको छ ।जमुनियामा बगेको एउटा सानो खोलासे त्यहाका स्थानियलाई वारिपारी गर्न निकै नै समस्या भईरहेको थियो ।
सो समस्यालाई सादाको लागी खत्म हुने गरि त्यस खोला भएको ठाउँमा नगर प्रमुख जैसवालले पुल निर्माण गर्न लागेको बताउनु भयो । त्यहिका अधिकाशं मानिसहरुको खेतबारि खोला पारी रहेको हुँदा उनीहरुलाई करेसाबारि गर्न निकै समस्या भईरहेको थियो ।स्थानियबासिले नगर प्रमुख जैसवाललाई त्यस बाटोलाई कसरी ठिक हुन्छ भनि समस्याको समाधान गरदिन आग्रह गरेका थिए ।स्थानियहरुको समस्यालाई हेरि स्थलगत निरिक्षण गर्नु भएका थिए ।यो समस्यालाई दिर्घकालिनको लागी समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।सोहि प्रतिबद्धता अनुरुप पुल निर्माण गर्न लागेको बताउनु भयो ।सो पुल निर्माण भए पछि सयकडौँ किसानहरुको खेतीबारि गर्न राहत मिल्ने छ । खोलाी पारी बाटो नभएकोले त्यहाँका किसानहरुले अहिले सम्म खेतमा धान रोप्न पाएका छैन ।
पारीका खेतहरु अझैँ बाझौ नै रहेको किसानहरु दुखेसो पोखेका छन । उक्त बाटो दुबै गाउँलाई जोडने काम गर्छन ।
सोहि गाउँको अर्को ठाउँमा पनि यस्तै ठुलो बिडम्बना रहेको छ । त्यस ठाउँको बाटो ओरालो भएकोले त्यस बाटोमा हिलो नै हिलो भएको कारण बैलगाडा ,मोटरसाईकल ,साईकल र पैदल आवतजावत गर्न कठिनाई हुने गरेको छ ।त्यस बाटोलाई नगर प्रमुख जैसवालले चाडैँ भन्दा चाडैँ मर्मत तथा गेर्वल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको हो ।