प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरेकी छिन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर मेयर दाहालले चितवनको दीर्घकालिन विकासका विषयमा छलफल गरेकी हुन् । मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेकी हुन् । यस्तै चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माणका विषयमा छलफल गरेको मेयर दाहालले बताइन् । प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत सहभागी थियो । सोही छलफल निक्कै उपलब्धिपूर्ण भएको दाहालको भनाइ छ । चितवनको विकास लागि मेयर निर्वाचित भएपछि दाहाल निरन्तर लागि परेकी छिन् ।