रमेश कुमार यादब
असार २८ ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले अनुगमन तथा निरिक्षणलाई तिब्रता दिएका छन ।नगरपालिको मातहात भित्र रहेको बिधालय ,स्वास्थ्य चौकी देखि निर्माण भईरहेको कार्यलाई अनुगमनको तिब्रता दिनु भएको छ ।नगर प्रमुख जैसवालले आफ्नो नगरपालिकाको मातहातमा रहेको गोदामहरुलाई निरिक्षण गर्नु भएको थियो ।नगर प्रमुख जैसवालले ५ ओटा गोदामको गहन रुपमा निरिक्षण गर्नु भएको थियो ।निरिक्षणको क्रममा गोदाममा गरुडाका पुर्व मेयर ईन्नु राय यादबले कोरोना कालमा गरिब ,असाहाय परिवारलाई दिने राहत गरिबहरुलाई नदिई झाँझ नदिमा फ्याक्नुको साथ साथै गोदाममा कुहिएर अहिले करिब ७५ बोरा २५ किलोको चामल ,नुन २ बोरा ,खानेतेल २३ कार्टुन ५०० ग्रामको पाउच ,भुईमा खसेर छताछुल कुहिएको अन्दाजी १.५ क्विन्टल मसुरोको दाल लगायत अन्य समाग्रीहरु दुर्गन्ध दिई रहेको अवस्थामा फेला परेको थियो । त्यती मात्र नभई चिसो छल्नको लागी बृद्धबृद्धाहरुलाई बाँडन दिएको कम्बल पनि बृद्धबृद्धाहरुलाई नदिई गोदाम थन्कयाईएको थियो ।बृद्धबृद्धाहरुलाई दिने कम्बलहरुलाई मंगलबार नगर प्रमुख जैसवालको उपस्थितीमा निकाल्दा त्यस कम्बलमा मुसाहरुको रजगज रहेको पाईएको थियो ।त्यसतै अन्य गोदामहरुमा पनि निरिक्षण गर्नु भएको थियो त्यो गोदामहरुमा बडो दुखदायि र बिडम्बना रहेको पाईएको मेयर जैसवालले बताउनु भयो ।निरिक्षणको क्रममा पत्रकारहरुसंग संक्षिप्त कुराकानि गर्दै नगर प्रमुख जैसवालले यो कुराहरु देखेर धेरै नै दुखि लागेको बताउनु भयो ।उहाँले भने कि कोरोनाको कहरमा राज्य सरकारले जनतालाई दिने राहत पुर्व मेयर ईन्नु राय यादबले नदिई यस्तो अवस्थामा बनाईएको प्रति धेरै दुख लागेको बताउनु भयो ।उहाँले भने यो राहतको समाग्री कोरोना कालमा कुनै गरिब परिवारलाई दिएको भए नगरका गरिब ,दिनदुखि असाहाय परिवारले राहत पाउने हुने थियो ।उनीहरुलाई कोरोनाको समयमा घरमा खान नहुँदा कयौँ दिन भुकै बस्ने बाँध्य भएको थियो ।उक्त समयमा म कुनै पदमा नहुँदा पनि आफ्नो ब्यतिmगत लगानीमा नगर भरिका गरिब ,दिनदुखिहरुलाई राहत स्वरुप चामल ,दाल ,नुन ,खानेतेल ,साबुन र हात धुने सेनेटाईजर बितरण गरेका थिए ।तर प्रदेश सरकारले दिएको राहत गरिब दिनदुखि बिपन्नको भान्सामा नगई पुर्व नगर प्रमुख ईन्नु राय यादब र उहाँको मेयर प्रत्याशि अनिल राय यादबले गत फागुन २४ गते राति नगरबासी मस्त निन्द्रामा रहेको वेला कमिशनमा पल्किएका र जिम्मेवार पदाधिकारीहरु रातारात भण्डारण गरिएका खाद्यान्न सामग्री ट्रेक्टरमा बोकेर मह्म्मदपुर ब्यारेज भन्दा उत्तर तर्फ फालेको थियो । कोभिडको समयमा जनताहरुलाई राहत दिने उद्देश्यबाट बढि कमिशनको भरमा गरुडा नगरपालिकाको मेयर प्रत्याशि अनिल यादव र प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम र जिन्सी प्रमुख विनोद दासको गोप्य रुपमा खाद्यान्न सामग्री भण्डार गरेको थियो ।आफू निकटको मानिसहरुलाई दिएर बचेका खाद्यान्न सामग्रीहरु गरिव, निमुखा, असहायहरु भोकभोकै कोभिडमा बस्न बाध्य भए तर कमिशनमा पल्किएका जनताको सेवक भनाउने हुकुमरानहरुले भण्डारण कक्षामा कुहिदै गरेको खाद्यान्नको वास्नाबाट सबैले थाहा पाउँछ भन्दै मध्य राति झाझ खोलामा लगेर फालेको थियो ।यसरी जनताको करबाट आएको राजस्वलाई समेत जनप्रतिनिधिहरु यस्तो किसिमको गैर जिम्मेवारी पूर्ण कार्य गर्दा कसरी पत्याउने हो प्रश्न चिन्ह समेत खडा गरेको थियो ।गरुडा नगरपालिकाको निमित्त कार्यकारी प्रमुख , मेयरपुत्र एवम् गरुडा नपाको प्रत्याशि मेयर अनिल कुमार यादव र जिन्सी प्रमुख विनोद दासले गरिव असहाय जनतालाई दुई छाक टार्ने बहानामा कमिशनको भरमा ल्याइएको कमसल एवं गुणस्तरहिन खाद्यान्न सामग्री गोदाममै कुहिदै गएपछि उक्त कार्यको पोल खुलिहाल्छ भन्ने सोचबाट ओतप्रोत भई रातारात झाझ खोलामा फालेर चोखिन बन्न खोजेको तर गलत कार्य गर्ने व्यक्तिहरुको पहिचान फेला परेको प्रमाण सहित पुष्टि भएको थियो । सो निरिक्षणको क्रममा गरुडा नगरपालिकाको नगर उपप्रमुख पुनम देवी चौधरी ,नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादब ,कार्यपालिकाको सदस्य लगायत वडाअध्यक्ष र संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।।