एसय पचास सिसी क्षमताभन्दा बढीका मोटरसाइललगायत विभिन्न बस्तुको आयातमा लगाएको प्रतिवन्धलाई नेपाल सरकारले लम्ब्याएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले यसअघि वैशाखदेखि लगाएको प्रतिवन्धलाई लम्ब्याएको हो ।
सरकारले यसअघि वैशाख १३ गतेदेखि अषाढ मसान्तको अन्त्यसम्मका लागि लगाएको प्रतिवन्धलाई भदौं १४ गतेसम्मका लागि लम्ब्याएको हो ।
सरकारले शनिबार मध्यरातमै राजपत्रमै प्रकाशित गरेर आयातमा लाग्दै आएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि १५० सिसी भन्दामाथि २५० सीसीसम्मका मोटरसाइकलको आयात रोकिएको थियो । अब थप कडाई गर्दै सरकारले भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।
त्यसैगरी यसअघिकै नियमलाई निरन्तरता दिँदै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानको आयात प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । कुरकुरे, कुर्मुरे जस्ता खाद्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, तयारी मदिरा, हिरा, ३ सय डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाईएको प्रतिबन्धले निरन्तरता पाएको छ ।