नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’
कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् ।