रौतहट , २ साउन । सशस्त्र प्रहरीले रौतहटको एक बगैचाबाट लुकाएर पार्किङ्ग गरिएको भारतीय स्कार्पियोबाट १ सय ९२ किलोग्राम गाँजा जस्तै पदार्थ बरामद गरेको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियास्ति सुरशक्षा वैश क्याम्प फतुवाका सशस्त्र प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटिएको १३ जनाको टोलीले बगैचामा लुकाएर पार्किङ्ग गरिएको डि एल ४ सि एन बि ६२२९ नम्बरको भारतीय स्कार्पियो चेकजाँच गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्त स्कार्पियोबाट १३ वटा गाँजा जस्तो देखिने पोका बरामद गरेको छ । प्रति पोका १४ किलोग्राम ८ सय ग्रामका दरले १ सय ९२.४ सय किलोग्राम गाँजाजस्तो पदार्थलाई नियन्त्रण्मा लिइएको गणबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले जानकारी दिए ।
बडुवालसहित गएको १९ जनाको थप टोलीले स्कार्पियोसहित बरामद पदार्थलाई आवश्यक कारवाहीका लागि गणमा ल्याएको छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम् प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिएको छ ।