वीरगञ्ज, ४ साउन । पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ४ थान काचो सालको काठ बरामद भएको छ ।
सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधबार बिहान साढे बजे काचो सालको काठ ४ थान र साइकल ४ थान बरामद गरेको हो ।
राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु फरार रहेको र उनिहरूको खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।