एक करोडको सामान सहित पर्सा पर्सौनीका छविलाल काठमाडौंमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
  • ३८ पटक पढिएको
एक करोडको सामान सहित पर्सा पर्सौनीका छविलाल काठमाडौंमा पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड रुपैयाँ बराबरका राजश्व छलीका सामानसहित पर्साका एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ घर भइ हाल काठमाडौं वडा नम्बर ७ बस्ने नवराज शर्मा भन्ने छविलाल अगस्ती छन् ।

कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार अगस्तीले कोठा भाडामा लिएर अवैध चुरोट, विभिन्न प्रकारका पटका, गुट्खा, बजार मोटरसाइकलका पाटपूर्जा, अक्सिमिटर लगायत राखेका थिए । कार्यालयको विशेष टोलीले निगरानी गरेर काठमाडौं वडा नम्बर ७ गोपीकृष्ण नगरस्थित कोठामा छापा हानेर २ हजार ९ सय ८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका पटका ४ सय २० केजी, पानराज गुट्खा ४८ केजी र ३ सय ८० वटा अक्सिमिटर बरामद भएको छ । 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस