शी लिडर्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवीको आयोजनामा संचालित निर्वाचित महिला प्रतिनिधिहरुको लागि प्रशिक्षण कार्यक्रम रौतहट जिल्लाको गरुडा नगरपालिकामा सम्पन्न भएको छ ।
राजनीतिक क्षेत्रमा सवल र सक्षम बनाउने उद्देश्यले संचालित सो कार्यक्रममा १८ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । दोस्रो मोड्युल अन्तर्गत भएको प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई संजय यादव र पुनम ठाकुरले प्रशिक्षण दिएको कार्यक्रम अनुगमन अधिकृत रिंकु चौधरीले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा समापन गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवालले प्रशिक्षणमा सिकाइएका कुराहरुलाई व्यवहारमा उतार्दै अघि बढेमा महिलाहरु भोलिका दिनमा सवल नेतृत्व गर्न सफल हुने विश्वास व्यक्त गरे । यस अघि गढि़माइ नगरपालिकाको समनपुरमा ४ दिवसीय निर्वाचित महिला प्रतिनिधिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अनुगमन अधिकृत चौधरीले जनाए ।