रौतहट जिल्ला अदालत बार एशोसिएशनको जिल्ला कार्य समितिको सम्पूर्ण पदाधिकारी सर्व सम्मतबाट निर्वाचित भएका छन् ।
निर्वाचनमा १७ जना सहभागी भएकोमा आपसी समझदारीबाट निर्विरोध निर्वाचन सम्पन्न भएको हो । अध्यक्षमा अधिवक्ता नन्द किशोर साह चुनिएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता मोहमद मजरुल हकले जानकारी दिएका छन् । बार एशोसिएशनको नया कार्य समितिको निर्वाचन निर्विरोध सम्पन्न गरेर एकता सहकार्यको संदेश दिएका छन् । उपाध्यक्षमा राम विनोद प्रसाद पटेल, सचिवमा रमेश कुमार यादव, कोषाध्यक्षमा अनोज कुमार यादव सदस्यमा मोहमद अतिकुर रहमान, सुरेश प्रसाद श्रीवास्तव ,सबुरीलाल ठाकुर , शेख मैनुदिन , अच्युतम बहादुर क्षेत्री निर्विरोध रुपमा निर्वाचित भएका छन् । त्यस्तै पार्षदमा महेन्द्र दास , निकुंत नारायण झा , राम्भु महतो निर्विरोध भएको निर्वाचन अधिकृत हक ले जनाएका छन् । नेतृत्व तहमा युवा हरुलाई जिम्मेवारी दिएको समेत उनले जनाए ।