भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ८, आईतबार (३ साल अघि)
  • २६ पटक पढिएको
भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस