महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ८, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गरेको छ  । इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन ।  फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि पेनाल्टीकाे अवसर मिलेको थियाे । खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्स गोलरक्षकले विफल पारेकी थिइन् । यो जितसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इङ्ग्ल्यान्ड भिड्ने पक्का छ ।

ताजा अपडेट

खोजी गर्नुहोस