प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण ९, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ । यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस