भारतीय बजार रक्सौलमा लैजान लागेको घरेलु मदिरा प्रहरीद्वारा नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १४, शनिबार (३ साल अघि)
  • ८ पटक पढिएको
भारतीय बजार रक्सौलमा लैजान लागेको घरेलु मदिरा प्रहरीद्वारा नष्ट

वीरगञ्ज १४ सावन । वडा प्रहरी कार्यालय विर्ताले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

वीरगञ्ज महानगर पालिका वडा नम्बर १६ इनर्वाबाट भारतीय रक्सौल बजार लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।

भारततर्फ अबैध घरेलु मदिरा लैजादै छ भन्ने सुराकीको आधारमा पुगेको टोलीले सो परिमाणको मदिरा बरामद गरेको थियो ।

इनर्वा गाउँको खेतको गोरेटो बाटोहुँदै टाउकामा राखेर लगिरहेको अवस्थामा प्रहरी देखेपछि मदिरा छाडेरा भरियाहरु फरार भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विकाश मल्लले जानकारी दिए ।

बरामद मदिरा राजश्वका प्रतिनिधि, संचारकर्मीको रोहबरमा नष्ट गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस