वीरगञ्ज १४ सावन । वडा प्रहरी कार्यालय विर्ताले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
वीरगञ्ज महानगर पालिका वडा नम्बर १६ इनर्वाबाट भारतीय रक्सौल बजार लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।
भारततर्फ अबैध घरेलु मदिरा लैजादै छ भन्ने सुराकीको आधारमा पुगेको टोलीले सो परिमाणको मदिरा बरामद गरेको थियो ।
इनर्वा गाउँको खेतको गोरेटो बाटोहुँदै टाउकामा राखेर लगिरहेको अवस्थामा प्रहरी देखेपछि मदिरा छाडेरा भरियाहरु फरार भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विकाश मल्लले जानकारी दिए ।
बरामद मदिरा राजश्वका प्रतिनिधि, संचारकर्मीको रोहबरमा नष्ट गरिएको हो ।