जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १४, शनिबार (३ साल अघि)
  • ७ पटक पढिएको
जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

प्रहरीले पर्सामा जल्दै गरेको शव नियन्त्रणमा लिएको छ ।

सामुदायिक वनमा जलाइरहेको एक किशोरीको शव नियन्त्रणमा लिइएको हो । प्रहरीले पर्साको ठोरी गाउँपालिका क्षेत्रमा रहेको सामुदायिक वनबाट जलाइएको अवस्थामा जिरा भवानी गाउँपालिका–१ निवासी १७ वर्षीया किशोरी सीमा कुमारीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए । बुधबार राति नै किशोरीको शव जलाइएको थाहा पाएपछि वनमा पुगेको प्रहरीले जल्न बाँकी रहेको शवको घुँडा, हाड र मासु नियन्त्रणमा लिएको छ । किशोरीको मृत्यु शंकास्पद भएकोले सोधपुछको लागि उनकी आमालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रवक्ता कार्कीले बताए ।

मृतककी आमाले छोरीको झुन्डिएर मृत्यु भएको भनी बयान दिएको प्रहरीले जनाएको छ । स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् । स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणले उनको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ

ताजा अपडेट

खोजी गर्नुहोस