विवेक शर्मा
श्रावण १४ गते । राैतहट ।
समाजिक सुरक्षा तथा घटनादर्ता सम्बन्धी स्थानीय सरकारका पदाधिकारी तथा कर्मचारीहरुलाई एक दिने अभिमुखिकरण तालिम बौधिमाई नगरपालिकामा सम्पन्न भएको छ । युनिसेफ नेपाल, सेभ दि चिल्ड्रेनको आर्थिक सहयोगमामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वय र समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका(सिविस) नेपालको संयुक्त सहजीकरणमा र बौधिमाई नगरालिकाको आयोजनामा संचालित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सबलीकरण परियोजना अन्तर्गत बौधिमाई नगपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण दिएका छन । वार्डमा सामाजिक सुरक्षा भत्ता लिन योग्य एक जना व्यक्ति पनि नछुटोस भन्ने उद्देश्यले उक्त कार्यक्रम सन्चालनमा ल्याईएको छ । नगरापालिका भित्रका नागरिकहरुले मुख्य घटना दर्ता जस्तै जन्मदर्ता, विवाह दर्ता, बसाई सराई र मृत्युदर्ता जस्ता घटनाहरु अनिवार्य रुपमा वर्डामा दर्ता गराउनु पर्ने यस परियोजनाको मुख्य लक्ष्य रहेको छ ।
उक्त अभिमुखीकरणको प्रशिक्षण राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागको निर्देशक मिना आर्यालले गर्नु भएको थियो । प्रशिक्षणको क्रममा जन्मदर्ता बालबालिकाको नैसर्गिक अधिकार हो त्यसैले गर्दा बच्चा जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गराएमा निशुल्क हुने बताएका हुन । साथै जुन बच्चाको आमाको विवाहदर्ता भएको छैन भन्ने पनि उक्त बच्चाको जन्म दर्ता बन्छ भन्ने कानुनी प्रबधान समेत रहेको छ । उक्त कार्यक्रम ३ घण्टा सम्म चलेको थियो र त्यसमा सामाजिक सुरक्षा भत्त र मुख्य घटना दर्ता सम्बन्धी अन्तर्कृया समेत भएको थियो ।
बौधिमाई नगरपालिकामा बसोबास गर्ने नागरिकहरुलाई संघीयताको वास्तविकता महसुस गराउन तथा नागरिकहरुलाई वहाहरुकै ठाउँमा सेवा दिनको लागि म तत्पर रहेको मेयर प्रदिप यादवले आफ्नो मन्तव्यमा राख्नु भयो । साथै सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउको लागि र सामाजिक सुरक्षा भत्ता लिन बैकमा घण्टौ घण्टा सम्म घाममा बस्नु नपरोस, भत्ता लिनको लागि मात्रै अधिक टेम्पु भाडा तिर्न नपरोस उद्देश्यका साथ बौधिमाई नगरपालिकाको हरेक वार्डमा बैकिङ्ग माध्यमले वार्ड वार्डमै सामाजिक भत्ता वितरण कार्यक्रम सुरु गराएका छौ भन्ने मेयर प्रदिप यादवले बताउनु भयो । घटना दर्ता आफैमा अहम र सुक्षम विषय रहेकोले जिम्मेवार र स्थायी कर्मचारीहरुलाई कर्मचारीको अभावमा पनि वाडाको जिम्मेवारी दिएको छु वहाले आफ्नो वक्तव्यमा थप्नु भयो । सिविस नेपालले यस नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा र घटना दर्तामा प्रत्यक्षरुपमा सहयोग गरेकोमा वहाले नगरपालिकाको तर्फबाट धन्यवाद समेत दिनु भयो ।
उक्त कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाको निर्देशक मिना अर्याल, बौधिमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादव, उपमेयर प्रमशिला कुमारी, ९औ वटै वडाका वड अध्यक्ष, वार्ड च्याम्पियन, नगपालिकाको पञ्जिकरण शाखा प्रमुख, आईटी अफिसर, एम आई एस टिम, फिल्ड सहायक, वाडा सचिव, सेभ दि चिल्ड्रेनको तर्फबाट सिनियर कार्यक्रम संयोजक पुष्कर काफ्ले, सिविस नेपालको कार्यक्रम संयोजक उमङ्ग मैनाली, र सामुदायिक परिचालन अधिकृत रामसोगारथ शर्माको उपस्थिति रहेको थियो ।