पर्सा बारा र रौतहट लगायत देशको अधिकांस ठाउमा भूकम्पको धक्का महसुस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १५, आईतबार (३ साल अघि)
  • ७ पटक पढिएको
पर्सा बारा र रौतहट लगायत देशको अधिकांस ठाउमा भूकम्पको धक्का महसुस

वीरगञ्ज १५ साउन । काठमाडौं उपत्यका, वीरगञ्ज, बारा, रौतहट लगायत देशको अधिकांस ठाउमा भूकम्पको धक्का महसुस भएको छ । 

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । 

‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’ ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौं उपत्यका, वीरगञ्ज, बारा, रौतहट लगायत देशको अधिकांस ठाउमा भूकम्पको धक्का महसुश भएको थियो ।  भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस