राैतहट । साउन १७ गते।
रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दियामा बिभिन्न पार्टी परित्याग गरी दर्जनौंले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा हर्षाहामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा चन्देश्वर यादव,रामध्यान यादव,विनोद यादव,मितलेश यादव,अमोद यादव,राकेश यादव,मनोज यादव,विश्वनाथ साह,हृदय यादव,बतहु यादव,दिनेश यादव,कृष्ण यादव,ढोढा यादव,रुपेश यादव,रामपुकार यादव र रामकल्यान यादव लगायतका दर्जनौं व्यक्तिले नेकपा माओवादी,नेकपा एमाले,नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नव प्रवेशित सम्पूर्णलाई नगर प्रमुख कुर्मीले फुलमाला तथा अबिर लगाई पार्टीमा भव्य स्वागत गर्दै,आगामी मंसिरमा हुन गइरहेको संघिय र प्रदेशको चुनावमा वडा नम्बर-४ बाट राम्रो मत आउने विश्वास व्यक्त गर्दै,सो वडामा अब चारैतिर नेकपा एकीकृत समाजवादी(कलम छाप)कै झण्डा फहराउने बताउनुभयो।
सो पार्टी प्रवेशले हाल सो वडामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष श्यामनन्दन यादवलाई ठुलो क्षती बेहुर्नुपर्ने सम्भावना देखिएको छ।