राैतहट । श्रावण १७ गते ।
सडक, बजार, पार्कलगायतका स्थानहरूमा टिकटक बनाउने काम सामान्य बनिसकेको छ।
पछिल्लो समय सामाजिक सञ्जालहरूमध्ये लोकप्रिय बन्दै गएपछि सरकारी कार्यालयका कर्मचारीहरू कार्यालयमै बसेर टिकटक बनाउन थालेका छन्।
रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले आफ्नो कार्यकक्षभित्रै टिकटक बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ।
साहले आफ्नी श्रीमती रानी साहसँग कार्यकक्षको कुर्सीमा बसेर टिककट बनाउँदै गरेको तस्बिर बाहिरिएको हो।
नगरपालिकाकी मेयर रीनाकुमारी साहले कार्यालयभित्र यसरी टिकटक बनाउन नपाइने बताइन्।
‘कार्यालयभित्र यसरी टिकटक बनाउन मिल्दैन। यो ठीक होइन नगर प्रमुख साहले भनिन ।
साह करिब डेढ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नगरपालिकामा कार्यरत छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झनाका लागि श्रीमतीले खिचेको तस्बिर धोकाले टिकटकमा अपलोड हुन पुगेको बताए।
‘कार्यालयमै क्वार्टर छ। कार्यालय समय सकिएपछि सम्झनाका लागि श्रीमतीले तस्बिर खिचेकी थिइन्,’ साह भन्छन्,‘यो दुई महिनाअघि खिचिएको तस्बिर हो। मैले थाहा पाएसँगै हटाउन लगाइदिएको थिएँ। तर, आज कसैले सार्वजनिक गरिदिएको छ।’
गल्ती भएको बुझेर नै आफूले टिकटकबाट त्यो तस्बिर हटाउन लगाएको उनको भनाइ छ।
‘भिडिओ होइन, स्टिल फोटो हो। अरूले ट्रिक गरेर फोटो बनाइ दिएको त्यो पनि भन्दिनँ। मेरो श्रीमतीकै मोबाइलबाट खिचिएको तस्बिर हो,’ उनले भने,‘सबैभन्दा बढी माया गर्ने व्यक्तिले गरेको गल्तीको शिकार भएको छु। नियतवस गरेको होइन । माैलापुर नगरपालिकामा केहि महिना पहिला कार्यालय प्रमुखकाे कुर्सीमा सेवा गार्हीले बसेर फाेटाे घिचाएकाे थियाे । याे एउटा नगरपालिकाकाे कार्यालय प्रमुखकाे पदिय मार्यादाकाे दुर्पयाेग हाे ।