राैशन चाैधरी ।
श्रावण १८ गते ।
राैतहट
राैतहट जिल्लाकाे कटहरिया र माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका प्रमुख प्रशासकिय अधिकृत उप सचिव किरण निधि तिवारीले बुधबारका दिन दुवै नगरपालिकाकाे कार्यालयमा हाजिरी गर्नुभएको थियाे । उप सचिव तिवारीलाई कटहरियाकाे नगर प्रमुख अजय प्रकाश जयसवाल र माधवनारायण नगरपालिकाकाे नगरप्रमुख बैजु प्रसाद यादवले आ आफ्नो नगरपालिकामा फुलमाला लगाई स्वागत गरेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र नगर उप प्रमुख रिता देवी यादव तथा समाजसेवि युवा नेता जवाहरलाल यादव सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।
कार्यालयका आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उपसचिव तिवारीले सुशासन कायम गर्दै कटहरिया नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताए ।
उनले कटहरिया नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताए । आफूले २०५४ साल देखी जागिर गर्दै करिव २५ वर्षको अनुभव भएकाे बताए । यसअघि काम गरेका सबै पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा कटहरियालाई पनि १ नम्बरको पालिका बनाउने उनको भनाइ थियो ।
याे भन्दा पहिला भाेजपुर जिल्लाको साल्पा सिली चाैक गाउपालिका बाट सरुवा भइ अहिले कटहरिया र माधवनारायण नगरपालिकामा आउनुभएकाे उप सचिव तिवारी बताए ।
देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । रौतहटको गुजरा नगरपालिका स्थापनाकालमा प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा कामगरेकाे र जिल्ला बिकाश समिति गाैर, जिल्ला प्रशासन कार्यालय राैतहट,कुलेखानिकाे ईन्द्रसराेवर गाउपालिकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा काम गरेकाे उप सचिव तिवरीले बताए । साे कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि तथा स्थानीयकाे सहभागिता रहेकाे थियाे