सागर संगम ठाकुर रौतहट ,श्रावण २० गते
रौतहटमा अखिल नेपाल किसान महासंघकाे प्रथम जिल्ला भेला संम्पन भएको छ ।अखिल नेपाल किसान महासंघकाे जिल्ला अध्यक्ष किशोरी कुशवाहाकाे अध्यक्षतामा जिल्लाकाे देवाही गाेनाही नगरपालिका-८ मधेस संग्रहालयमा आयोजना गरिएको प्रथम भेलालाई सम्बाेधन गरिदै प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेश अध्यक्ष तथा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामओतार यादवले देशमा तीन तहको सरकार संचालन भए पनि केन्द्र सरकारको गैर जिम्मेवार पनले गर्दा किसानहरुले झेल्नुपर्ने मल खाद्यकाे समस्या यथावतै रहे बताउनु भयो । अहिलेको गठबन्धन सरकारले किसानको समस्या समाधान गर्नुको सट्टा सत्ता टिकाउने खेल तर्फ बढी लागेको आराेप लगाउनु भयाे । किसानहरू धान राेपाइ कार्य पूरा गरेर मल खाद्यकाे पर्खाइमा रहेकाे र याे सरकार किसानलाइ मल खाद्य दिनुकाे सट्टा चुनावमा आफ्नो पार्टी कसरी बलियो हुन्छ भने तर्फ लागेको बताउनु भयो ।अर्को प्रसंगमा बाेल्दै अध्यक्ष यादवले माक्र्सवाद र लेलिनबादकाे सिद्धान्त बाकेका यसै जिल्लाको चर्चित याेद्वा एवं किसान आन्दोलनका अगुवा नेता हरदेव महताे र शेख फरमानकाे कारनले गर्दा किसान आन्दोलन अझै जिवत रहेको बताए । यादवले अहिलकाे अवस्थामा पनि किसानको हकहित तथा किसानको पक्षमा सधैं सडक देखि सदन सम्म अवाज उठाउने नेताको रुपमा यहाहरुले प्रभु साहलाई पाउनु शौभाग्य रहेकाे बताउनु भयो । प्रभु साहले गरेको बिकासकाे कार्य हेरेरअन्य क्षेत्रका जनता प्रभु साह जस्तै नेता पाउनकाे लागि ललाहित भएकाे यादवले ठाेकुवा गर्नु भयो ।यति मात्र नभइ प्रभु साहले गरेको कार्य मधेस प्रदेश सरकारले फलाे गर्न थाले पछि अन्य प्रदेशका जनताहरुले प्रभु साहबारे चर्चा गर्ने गरेकाे याादवले बताए । प्रमुख अतिथि यादवले देशमा एमालेको एकल बहुमत र त्यसमा पनि ओली नेतृत्वको सरकार नआएसम्म किसानहरुको समस्य यथावत् नै रहने ठाेकुवा गर्नु भयाे ।देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने सपना ओलीले मात्र हेरेको भन्दै यादवले जनताको हकहितकाे लागि अबको बिकलप नेकपा एमाले मात्र हुने बताए । अध्यक्ष यादवले यही मंगसीर ४ गते हुन गइरहेको केन्द्र तथा प्रदेशको निर्वाचनमा नेकपा एमालेका पक्षमा खुलेर मतदान गर्न किसानहरुलाइ आग्रह गरेका थिए । त्यस्तै उनले रौतहटबाट आठवटा प्रदेश सांसद र चारवटा संघिय सांसद चुन्न जनता संग अपिल गर्नु भयो ।त्यस्तै अतिथिको रुपमा बाेल्दै मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना कुमारी साहले किसानहरुले भाेगदै आएको मल खाद्यकाे समस्य प्रति अहिलेकाे प्रमादेशी सरकारले कुनै सुनवाइ नगरेको भन्दै आक्राेश ब्यक्त गर्नु भयाे ।देशमा मलकाे अभावमा भइरहदा गठबन्धन सरकारले कानमा तेल हालेर सुतेको हेर्दा आफुलाइ अचम्म लागेको बताए ।नगर प्रमुख साहले सरकारले अब कर्मचारीहरु जस्तै किसानहरूको लागि पनि सरकारले पेन्सनकाे ब्यवस्था गर्नु पर्ने माग गर्नु भयो ।त्यस्तै निवर्तमान प्रदेश सांसद नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट सह इन्चार्ज कुन्दन कुशवाहाले किसानहरुकाे लागि सरकारले मल खाद्यकाे आपूर्तिमा कुनै चासो नराखेको भन्दै आपत्तिजन रहेको बताउनु भयो । उनले किसानहरु आफ्नो जिविकाेपार्जन गर्न खेतमा लगाइएको अन्नबालीमा मल खाद्यकाे अभाव भइरहदा कष्ट भाेगेर भारतबाट खरिद गरि ल्याउनुपर्ने बाध्यता रहेको बताए । कुशवाहाले किसानहरु कष्ट पीडा भाेगेर भारतबाट खरिद गरि ल्याका मल खाद्य नेपालीका प्रहरी शस्त्र प्रहरीले बिनाकारण पक्राउ गरि भन्सार चलान गर्ने गरेको भन्दै उनिहरुमाथी आक्राेश पाेखेका थिए । कुशवाहाले गत वर्ष आफुहरुले रौतहट जिल्लाको सदरमुकाम गौरमा गरेकाे ट्रयाक्टर रैली हेरे पछि केन्द्र सरकारले ७७ ओैं जिल्लामा सिडियाे कार्यलयलाइ परिपत्र जारी गरेकाे कुरा स्मरण गराएका थिए । रौतहटमा किसानहरूले गरेकाे ट्रयाटर रैलीले देशकै किसानहरूलाई फाइदा भएको बताउनु भएको थियोे । त्यस्तै देवाही गाेनाही नगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रेमलाल साहले देशका किसानहरुले धेरै कष्ट पीडा सहेर खेतीपाती गर्ने गरेको र याे निकम्मा सरकारले किसानको समस्या प्रति अहिलेसम्म कुनै ठाेस कदम नचालनु भनेकाे ठुलो अपराध गरेको आराेप लगाउनु भयाे ।नगर प्रमुख साहले कृषि प्रधान देशमा याे परमादेशी सरकारले किसानलाई झुक्याएर ठग्ने कार्य मात्र गरेको भन्दै यस्ता सरकारलाई फाल्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । साहले किसानहरुकाे लागि सिचाइमा पहुँच पुर्याउन खेत खेतमा बिधुत्तिय पाेल जडान गर्नु पर्ने जाेड दिनु भयो ।उक्त भेला मार्फत १५१ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ ।नयाँ गठित कार्य समितिको अध्यक्षमा किशोरी कुशवाहा,उपाध्यक्षमा भगल यादव,राकेश प्रसाद साह,सचिव भरत पटेल,सहसचिव उमेश दहाल सदस्यहरुमा साहेब साह,पुर्व गाबिस अध्यक्ष धर्मेन्द्र कुमार गुप्ता लगाएतका सदस्यहरु चयन गरिएको हाे