रमेश कुमार यादब
श्रावन २५ ,रौतहट
रौतहट जिल्लाको कटहरियामा फत्तेपुर कृषक समुह द्वारा कोल्ड चेम्बर भवनको उद्धघाटन गरेको छ । कटहरिया नगरपालिकाको वडा नं—६ फतेपुर जलैया चौकमा फतेपुर कृषक समुहद्धारा कोल्ड चेम्बर भवनको समुद्धघाटन कार्यक्रम सम्पन भएको छ । वर्तमानकाल दैनिक पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक र फत्तेपुर कृषक समुहको अध्यक्ष रौशन कुमार चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि नगर उपप्रमुख रिता देवी यादब र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रौतहटको नि. कृषि वरिष्ठ अधिकृत दिपक कुमार मिश्र तथा निवर्तमान वडा अध्यक्ष शम्भुकान्त यादव र निर्वाचित वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रूपमा उद्धघाटन सम्पन्न गरेको थियो ।
कार्यक्रमका उपस्थित भएका प्रमुखअतिथि ,बिशिष्ट अतिथि र उपस्थित वडाअध्यक्ष ,पत्रकारहरुलाईफुलमाला ,दोसाला र टिका लगाई भब्य स्वागत गरेका थिए । उक्त कोल्ड चेम्बर भवनको उद्धघाटन नगर प्रमुख अजय प्रकाश जैसवाल र नगर उप–प्रमुख रिता देवी यादब मिलि संयुक्त रुपमा उद्धघाटन गर्नु भएको थियो । उद्धघाटन गरिएको सो भवन र कोल्ड चेम्बरको कुल लागत २२ लाखको लागतमा निर्माण भएको समुहका अध्यक्ष रौशन चौधरीले बताउनु भएको हो । जसमध्ये नेपाल सरकारको कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई रौतहटबाट ८५% अनुदानमा उत्पादन उपरान्त न्युनिकरण तथा बजारीकरण प्रबर्धनका लागी कोल्ड चेम्बरको निर्माण गरिएको अध्यक्ष चौधरीले बताएका छन । त्यसतै कटहरिया नगरपालिकाको वाड नं.६ को वार्ड कार्यलयबाट २ लाख र फतेपुर कृषक समुहबाट १० लाखको सहयोगमा उक्त भवन र कोल्ड चेम्बर निर्माण समेत भएको समुहका अध्यक्ष चौधरीले जानकारी दिनु भएको हो । त्यसतै सोहि उद्धघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवाल यो कोल्ड चेम्बर उद्धघाटनले सम्पुर्ण कृषकमा ठुलो टेवा पुग्ने बताउनु भएको थियो । हाम्रो नगरपालिकामा धेरै समुहहरु चल्दै छ तैपनि आजसम्म यस्तो कार्य कसैले गरेको छैन । तर फतेपुर कृषक समुहका अध्यक्ष रौशन कुमार चौधरीको सक्रियता र प्रधानमन्त्री आधुनिकरण परियोजनाले यस्तो कार्य गर्दा निकै नै खुसि लागेको बताउनु भयो । हाम्रो कटहरिया नगरपालिकाको किसानहरुको लागी अब धेरै फाईदा हुने उहाँले बताउनु भयो । त्यस्तै वरिष्ठ कृषि अधिकृत दिपक मिश्रले भने धेरै मिहिनेत गरेर उब्जाएको तरकारी बजारमा नबिक्दा धेरै समस्या हुने र सडेगलेर काम नलाग्ने तथा खान योग्य नहुने त्यस कुराहरुको मध्य नजर गर्दै यो कोल्ड चेम्बरले अव त्यो तरकारी सधै हरियो र खाने योग्य हुने बताउनु भयो । यस चेम्बरले यो समुहको मात्र नभएर यो नगरपालिका भरिको किसानहरुको लागी रहेको बताउनु भयो ।साथै यो कोल्ड चेम्बरले अगामि दिन पनि अगाडी बढोस र सबैको सहयोगको अपेक्षा राखेको बताए । उहाँले भने कृषकहरुले उब्जाएको तरकारीको बजारी मुल्य नपाएको हुदा त्यो समाग्रीलाई यस कोल्ड स्टोरमा राखेर मानिसलाई चाहिएको बेला त्यसबाट झिकेर मनग्नय आम्दानी पाउने अधिकृत मिश्राले बताउनु भयो । सो कार्यक्रममा उपस्थित कटहरिया नगरपालिकको वडा नं ९ को वडा अध्यक्ष रूपेश यादव, वडा नं–७ का वडा अध्यक्ष शहिद आलम , कार्यपालिका सदस्य दिलिप जयसवाल ,जामुन ठाकुर ,प्रेस सलाहकार प्रकाश श्रेष्ठ, नेकपा एसका नगर संयोजक राजदेव सहनि , राजाबाबु साह, बिबेक यादव ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रविधिक सुब्बास साह, शत्रुधन महतो,वृन्दावन नगर पालिकाको कार्यपालिका सदस्य राजेश पासवान पत्रकार मधेश जन अवाज एफएमको समाचार वाचक रमेश कुमार यादब ,रामप्रवेश बैठा, बिजय साह ,उमेश यादव,पवन उपाध्या, रामशरण यादव ,रूपेश यादव लगायत स्थानियवासीको सहभागिता रहेको थियो ।