प्रदीप कुमार दास, रौतहट ।
श्रावण ३१ गते ।
रौतहटको चन्द्रपुरमा अवस्थित गौतम होटलमा बालअधिकार पैरवीका लागि आम सञ्चारको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा पत्रकारिता क्षेत्रमा लामो समय बिताउनु भएका कुन्दन अर्यालद्वारा रौतहट जिल्लामा अवस्थित विभिन्न संचार तथा मिडीयामा सक्रिय पत्रकारहरुलाई प्रशिक्षण दिनु भएको थियो । नेपालमा अहिलेको अवस्थामा बालबालिका माथि हुने भेदभाव तथा बाल शोषण ,बाल हिँसालाई न्यूनीकरणका लागि संचार माध्यमबाट हुने जति सहयोग र समाचारमा स्थान दिन सबै मिडिया तथा सञ्चारमा चाईल्ड नेपालले आग्रह गरेको हो । उक्त कार्यक्रम चाइल्ड नेपालको आयोजना , जनसेवा नेपाल रौतहटको सहकार्य र काइण्डर नट हिल्फको सहयोगमा सञ्चालन गरिएको थियो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा सबै सञ्चारकर्मी लगायत मिडियाकर्मीलाई बालबालिका सम्बन्धी सूचना र समाचार प्रसारण तथा प्रकाशन गर्न पनि ध्यानाकर्षण गराएको थियो । त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा पत्रकारिता क्षेत्रमा लामो समय बिताउनु भएका कुन्दन अर्याल पत्रकारहरुलाई नयाँ नौलो कुराको जानकारी गराउनुको साथै पत्रकार अचारसंहिता सम्बन्धी जानकारी दिएका थिए । साथै, कार्यक्रममा विभिन्न बाल क्लबका बालबालिकाहरुको सहभागितामा बाल बेचबिखन,बाल श्रम,बाल विवाह तथा यौन हिँसा विरुद्ध बाल क्लबका सदस्यहरूको भूमिका समबन्धि दुई दिने कार्यक्रम सम्पन्न भएको हो । दुई दिने प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाको अध्यक्ष प्रमचन्द्र झा ,समाजवादी प्रेस संगठन रौतहटको नवनिर्वाचित अध्यक्ष तथा बज्जिका एफएमका सञ्चालक दिनेश यादव , रेड टेलिभिजनका जयप्रकाश यादव , आरोही टेलिभिजनका मेवालाल यादव , शिलादिप अनलाइन खबरका प्रदीप कुमार दास,भोलेशंकर मिडियाका करण कुमार मिश्रा ,वर्तमानकाल दैनिक पत्रिकाका पवन कुमार उपाध्याय , मधेश जनआवाज एफएमबाट मञ्जु कुमारी ठाकुर र ममता यादव , फ्रोन्टलाइन् खबरका वीणा कुमारी श्रीवास्तव लगायत विभिन्न मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।