अमृता पासवान।भदौ २ गते
रौतहट / रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को एक महिने संगठन सुदृढीकरण अभियानका लागि नगर कमिटीको बैठक सम्पन्न भएको छ।
बुधबार जिल्ला कमिटी रौतहट द्धारा संचालित एक महिने संगठन सुदृढीकरण अभियान कार्यक्रमको आयोजना,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)वृन्दावन नगर कमिटीले गरेको थियोे।
वृन्दावन नगरपालिकाको वडा नम्बर-१ खैराटोल स्थित रामबाबु बैठाको निजी निवासमा सम्पन्न बैठकले गत बैसाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट विजयी हासिल गरेका जनप्रतिनिधिहरुलाई बधाई दिदै,पार्टी भित्र भएको कमि कम्जोरीलाई पनी सुदृढ गरेर अगाडि बढ्ने र आगामी मंसिर -४ मा हुने संघिय र प्रदेशको चुनावमा सबैजना एकढिका भई ईमानदारीताका साथ लागेर पार्टीको पक्षमा मतदान गरि पार्टीलाई जित हासिल गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रको अध्यक्षता नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष तथा जिल्ला समन्वय समितिका उप सभापति महेश बैठाले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितिमा नेकपा एकीकृत समाजवादीका पोलिट व्युरो सदस्य तथा संविधान सभा सदस्य रामकुमार भट्टराईले गर्नुभएको थियोे ।
त्यसैगरी सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी,नगर उपप्रमुख संगिता कुमारी राम,नेकपा एसका युवा एवम् समाजसेवी नेता अरुण राम र जिल्ला कमिटी सदस्य तथा युवा जुधारु नेता सलामोदिन दर्जीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट निर्वाचित भएका वडा नम्बर १,६,७,८,९ का वडा अध्यक्षहरु,जिल्ला कमिटीमा सदस्यहरु,नगर कमिटीका सदस्यहरु,वडा र टोल कमिटीका सदस्यहरुको साथै पार्टीका विभिन्न नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।