राैशन कुमार चाैधरी ।
भदौँ ०५ रौतहट
रौतहटको सन्तपुरमा मधेश प्रदेशमै पहिलो पल्ट कृषि प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रको उद्धघाटन कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका मान्नीय मन्त्रि मृगेन्द्र कुमार सिंह यादबले गरेकाे थियाे । साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रपुरको आयोजनामा उद्धघाटन कार्यक्रम सम्पन भएकाे थियाे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यन्वयन ईकाइ राैतहटकाे ५० प्रतिशत अनुदानमा धान राेप्ने मेशिन,धान काटने मशिन लेजर ल्याण्ड सहितकाे मशिन अनुदानमा साना किसान कृषि सहकारी संस्था लाई दिएकाे छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको वार्ड नं.८ सन्तपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कृषि प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रको उद्धघाटन गरेकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्रि यादबले भने यस जिल्लामा रहेकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाइ राैतहटले मधेश प्रदेशमा सबभन्दा राम्रो काम गरि किसान वर्गहरुमा ठुलो टेवा पुर्याइएकोमा धन्याबाद समेत दिएका थिए । मधेश प्रदेशमा रौतहट जिल्लामा रहेकाे किसान धेरै नै सक्रिय रहेको हुँदा उनीहरुको सहजताको लागी बिभिन्न औजार लगायत कृषिमा सहज हुने खालका मशिन सहित प्रदान गरिएको हो । उक्त औजार सहित मशिनले किसानहरु खेति गर्न धेरै नै सहज हुने बताउनु भयो । रौतहटमा सक्रिय रहेका किसानहरुलाई धान रोपने मशिन समेत प्रदान गरेका छन । मधेश प्रदेशको रौतहटमा गत असार १५ गते १९औँ राष्ट्रिय धान दिवसको उपल्क्षयमा यस संस्थालाई ५०% अनुदानमा पहिलो पटक धान रोप्ने मशिन प्रदान गरेका थिए । महंगि समयमा मानिसहरुको अभावले खेतमा काम गर्ने खेताला नपाउदा यसले कम समयमा धेरै काम गर्ने भएकोले यस मेशिन अविष्कार गरेको बताउनु भयो । मिश्र अनुसार लेजर ल्याण्ड लेभलरकाे काम जग्गा सम्शियाउने र रिपरकाे काम धान काटनकाे लागि किसानलाई प्रदान गरिएको हो । यस मेशिनले किसानले लगाएको धान सहज र सुलभ तरिकाले कटान गर्न सकिन्छ भनि उदेश्यले किसानलाई बितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ रौतहटका नि.वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रले बताउनुु भयो । उहाले भन्नुभयो कि नेपाल अब आधुनिक युग तिर गइसकेको र अब किसानले धानको रोपाई र कटाई अव हाथबाट होईन मसिनबाट गर्नु पर्छ बताए । नि.बरिष्ट अधिकृत मिश्रले त्यति मात्र नभई रौतहट लगायत देशभरि मलखादको हाहाकार रहेको र मल नपाउदा धान नहुने भनि किसानहरुमा चिन्ता परेको छ । उक्त समस्याको समाधान गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ रौतहटकाे सहयाेगमा साना किसान सहकारी संस्थाले भर्मिकम्पोष्ट मलकाे बिज उत्पादन गरी किशानहरूलाई सहुलियत दरमा दिने र अव खाधको कमि यस मलले पुरा हुृने बताउनु भयो । मिश्र अनुसार यस कम्पोष्ट मलले धानलाई हराभारा बनाउने र जमिनको उर्बरा शक्तिलाई जोगाउने पनि बताउनु भयो । यो मल यस संस्थाबाट उपल्बध हुने र यसलाई कसरी त्यार पार्ने भनि उपायहरु किसानहरुलाई यस संस्थाबाट सिकाउने नि.बरिष्ट कृषि अधिकृत मिश्रले उद्धघाटन कार्यक्रमबाट जानकारी दिनु भयो । उद्धघाटन कार्यक्रममा परवानीपुर नार्क कृषि निर्देशानलय कार्यालय प्रमुख बिश्वेशवर प्रसाद यादब ,गुजरा नगरपालिकाको नगर प्रमुख सन्तलाल चौधरी ,लेखापाल उमेश यादव , साना किसानका सम्पुर्ण सदस्यहरु लगायत सयकडौँ मानिसहरुको सहभागिता रहेको थियो ।