राैशन चाैधरी ।
भदौँ ०९,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा दिगो समाधान कार्यक्रम एवम् भुमिनिति सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । कटहरिया नगरपालिकाको सभाहलमा स्थानिय परियोजना सल्लाहकार समितिको बैठक र दिगो समाधान कार्यक्रम एवं भुमि निति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा एक दिने भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि अभिमुखिकरण तालिम नगरसभाको हलमा बिहिबार धुमधामसंग सम्पन भएको छ ।कार्यक्रमको बिशिष्ट अतिथि नगर उप–प्रमुख रिता देवी यादब,प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी र सुकुम्बासी भुमि आयाेगका जिल्ला अध्यक्ष लक्ष्मुण रेग्मी रहनु भएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले हाम्रो नगरमा भएका जति पनि सुकुमबासिहरु ,भुमिहिन ,दलित ,भुमिहिन सुकुम्बासि तथा अब्यवस्थितहरुको पहिचान गरि उनीहरलाई ब्यवस्थित बनाउन आग्रह समेत गरेका थिए । यो भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि कार्यक्रम कटहरिया नगरपालिका र बेलायती सरकारको सहयोगमा पिपुल इन निड र आत्म निर्भर केन्द्र को समन्वय तथा सहकार्यमा भुमिहिन र सुकुम्बासीलाई जग्गा पहिचान तथा वितरण गर्नकाे नगरपालिकामा आएकाे छ । नगर प्रमुख जयसवालले संस्थाकाे पदाधिकारी लगायत सम्पूर्ण संस्थाकाे सहयाेगिलाई बिशेष धन्यबाद दिएका थिए । यस आयाेगले नगरमा रहेका भुमिहिन ,सुकुमबासिहरुलाई ब्यवस्थित बनाउनमा जुन सहयोग गरिरहेका छन त्यो बास्तवमा एक दम नै सराहनिय कार्य हो ।
नगर प्रमुख जैसवालले संस्थासंग आग्रह समेत गरेकि हाम्रो नगरमा पहिचानको क्रममा र छनौटको क्रममा जुन वास्तविक सुकुमबासि ,भुमिहिन तथा अव्यवस्थित जग्गा छ त्यस्ता ब्यक्तीलाई छनाैट गरी वहाँले काम गर्न आग्रह समेत गरेका थिए । नगर प्रमुख जैसवालले यस्ता राम्रो कार्य गर्नैमा हामि कहिले पछाडी हटने छैनौ । साथै यस्था संस्थाले जुन गर्ने कार्य हो यसलाई म साथ दिने प्रतिबद्ध छु भन्ने हाम्रो देशमा अहिले यस्ता सुकुमबासि र भुमिहिन मानिसहरु रहेका छन । जसले आफ्नो जिवन बिताउन निकै नै कठिन भईरहेको छ । उनीहरु कहिले जङ्गलको डाडामा त कहिले रोड छेउको ठाउँमा जिवन बिताउन बाध्य रहेको छ । त्यसता मानिसहरुलाई बास्तबिक पहिचान गरि किनभने उनीहरु पनि यस देशको नै नागरिक हो । त्यस कारण यो सरकारसंग उहाँले अपिल समेत गर्नु भयो कि त्यस्तालाई छिटो भन्दा छिटो ब्यवस्थित बनाई पहिचान बढाई दिन आग्रह समेत गर्नु भएको थियो ।
त्यसतै भुमिहिन सुकुमबासि र अब्यवस्थित बसोबास गर्ने सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा भुमि सम्बन्धि निति नियम ,जिल्ला भुमि आयोग र स्थानिय पालिकाको भुमिका सम्बन्धि सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष लक्षुमन रेग्मीले र पिपुल ईन निडका दिपेन्द्र ठाकुरले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षणको क्रममा अध्यक्ष रेग्मीले भन्नु भयाे कि हामि भुमिहिन नगरबासिलाई बास्तविक पहिचान गरि त्यसको समस्या समाधान गर्ने र जग्गा उपलब्ध गराउने बताउनु भयाे र हामिले कुनै प्रकारका काखा पाखा नगरि स्वच्क्ष र निश्पक्ष पहिचान गर्ने बताउनु भयो ।साथै यस कार्यमा नगरपालिकाको जनप्रतिनिधि र नगर प्रमुखको अति नै आवश्यक रहेको बताउनु भयो । उक्त कार्यक्रममा वडा अध्यक्ष सर्फलाल गुप्ता , सहिद आलम ,समिश बिक्रम साह ,रुपेश यादब ,कार्यपालिकाका सदस्य जामुन ठाकुर ,मनोज जैसवाल,दिलिप जयसवाल लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।