बिमलेश कुमार झा
१० भदौ, रौतहट। रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि बनाएको दर्जनौं योजना मध्ये एउटा योजना आज सार्वजनिक गरेका छन्।
गौर नगरपालिकाका मेयर शम्भु साहले कमजोर विद्यार्थीहरुलाई दुई घण्टा थप शिक्षण गराउने योजना आज शुक्रबार सार्वजनिक गरेका हुन्।
नेकपा एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठन नेपालको पहिलो स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथ्यता गर्दै मेयर साहले नगर भित्र पर्ने सामुदायिक विद्यालयहरुमा अध्यनरत कमजोर विद्यार्थीहरुलाई थप दुई घण्टा बुस्टल डोज दिने योजना बनाएको कुरा आज सार्वजनिक गरेका हुन्।
सामुदायिक विद्यालयमा अध्यनरत कमजोर विद्यार्थीहरुलाई दुई घणटा थप कक्ष संचालन गरि कमजोर विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग मिलने योजना एक सत्ता भित्रै कार्यनयन गर्ने मेयर साहले बताएका छन्।
शिशु कक्षा देखि कक्षा ५ सम्म प्रभावकारी ढंगले अध्यन गरियो भन्ने माथिल्लो कक्षामा खासै बढी मेहनत नगर्नुपर्ने उनको तर्क छ।
विगत १५ बर्ष देखि संचालित श्री प्राथामिक विद्यालय टिकुलियामा एउटै परिवारका अध्यक्ष देखी कार्यालय सहयोगी सम्मका झोले विद्यालयको तथ्य मेयर साहले उजागर गरि सो विद्यालय विरुद्ध गौर नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन्।
यस्ता यस्ता विद्यालयहरुको कमी कमजोरी बारे आफूलाई जानकारी गराउन उपस्थित सम्पूर्ण संचारकर्मीलाई आग्रह गरेका थिए।
देशको चौथो पुरानो श्री जुद्ध माविको विगतको गतिविधि बारे आफू गम्भीर भएको दाबी गरे।
मेयर साहले नगरपालिकाको टिकुलिया,सिसवा र वडा नम्बर ५ अन्तर्गतको विद्यालयहरु माविमा स्तर उन्नति भए पनि पुर्णता नपाएको खुलासा गर्दै मेयर साहले सो विद्यालयलाई माविको रुपमा पूर्णता दिने बताएका छन्।
नगरपालिका क्षेत्र भित्र पर्ने सामुदायिक विद्यालय,प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीको सेवा सुविधालाई प्रभावकारी ढंगले संचालन गर्ने आफू प्रतिबद्ध रहेको मेयर साहको भनाइ छ।
समाजवादी प्रेस संगठन नेपालको प्रथम स्थापना दिवस कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष एवं संगठनका केन्द्रीय सदस्य प्रेमचन्द्र झा, संगठनका केन्द्रीय सदस्य शैलेन्द्र गुप्ता, रौतहट जिल्ला अध्यक्ष दिनेश संगम,मधेस प्रदेश उपाध्यक्ष प्रविन शर्मा,जिल्लाको कोषा अध्यक्ष रौशन चौधरी, सह-सचिव बिमलेश कुमार झा,जिल्ला सदस्य राकेश यादव, वरिष्ठ पत्रकार प्रभात झा,शैलेन्द्र झा लगायत संगठनमा आबद्ध तथा विभिन्न संगठन र मिडियामा आबद्ध संचारकर्मीको उपस्थिति रहेको थियो।