अमृता पासवान ।भदौ ११।
रौतहट— नेकपा एकीकृत समाजवादीको जनवर्गीय संगठन मुस्लिम इत्तेहाद संगठन नेपालको मधेस-प्रदेश स्तरीय भेला सम्पन्न भएको छ।
शनिबार रौतहटको चन्द्रपुर स्थित अशोका होटलको सभाहलमा सम्पन्न कार्यक्रमबाट ८१ सदस्यीय प्रदेश स्तरीय कमिटी चयन गरिएको छ। कमिटीको अध्यक्षमा शेख कलिमुल्लाह र उपाध्यक्षमा सलामोदिन दर्जी र मो. हारुनलाई चुनिएको हो। त्यसैगरी सचिवमा जावेद अन्सारी स-सचिवमा गुलबहार बेगम,सदस्यहरुमा मजहर मन्सुर,शेख सतार लगायत अन्य ७५ जना सदस्यहरु चुनिएका छन्।
संगठनको मुल उदेश्य देश भरीको नेकपा एकीकृत समाजवादीमा लागेका मुस्लिम समुदायका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु संगठित भएर अगाडि बढ्ने र देशको विभिन्न संरचना,संघ,प्रदेश र स्थानीय तहमा पनि मुस्लिम समुदायको प्रतिनिधित्व बढाउने र मुस्लिम समुदायमाथि आइपरेको हरेक समस्यालाई संगठनकै माध्यमले समाधान गर्ने, संगठनका उपाध्यक्ष तथा नेकपा एसका युवा नेता सलामोदिन दर्जीले जानकारी दिए।
कार्यक्रमको उदघाटन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै जात र जातिको भावनालाई कदर गर्ने र मुस्लिम समुदायको साथै सबै जातीलाई समानरुपले हेर्ने र समान अधिकार दिने पार्टी नेकपा एस नै रहेको बताउदै सबै जना ढुक्क भएर नेकपा एसमै लाग्न र एसकै पक्षमा मतदान गर्न आग्रह गर्नु भयो।
कार्यक्रमको अध्यक्षता नेकपा एसका प्रदेश कमिटी सदस्य शेख कलिमुल्लाह ले गरेका थिए भने सो कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल,विशिष्ट अथितिमा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष ताजमहमद,अतिथिहरुमा,पार्टीका पोलिट व्युरो सदस्य तथा संविधान सभा सदस्य रामकुमार भट्टराई,उधोग प्रयटन तथा वन राज्य मन्त्र नागेन्द्र यादव,एसकै पोलिट व्युरो सदस्य तथा रौतहट ईन्चार्ज सरला यादव,रोजुदिन आलम,प्रदेश सांसद हसिमा खातुन र समिना हुसैन लगायत विभिन्न ठाउँबाट आएका मुस्लिम समुदायका नेता-कार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेस-प्रदेश भरीकै नेकपा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित भएका मुस्लिम समुदायका जनप्रतिनिधिहरु तथा दलित जनप्रतिनिधिहरुलाई अध्यक्ष नेपालले समान स्वरुप मायाको चिनो प्रदान गरेका हुन ।