बिमलेश कुमार झा
१२ भदौ,रौतहट। रौतहटका युवाहरुले टिकटक बन्द गर्न जिल्ला प्रमुख मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
टिकटक बन्द संघर्ष समिति रौतहटले पूर्णरूपमा टिकटक बन्द गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्लाई आज आइतबार ज्ञापनपत्र बुझाएका छन्।
टिकटक बन्द संघर्ष समिति रौतहटले पूर्णरूपमा टिकटक बन्द गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यलय प्रमुख कृष्ण बहादुर साही र जिल्ला प्रहरी कार्यलयका प्रहरी नाव उपरीक्षक मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्लाई आज आइतबार ज्ञापनपत्र बुझाएका छन्।
टिकटकका माध्यमले अंग प्रदर्शन गर्ने, अश्लीलता फैलाउने जस्ता कार्य दिनदिनै बढ्दै गएकाले सो ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ।
टिकटकका कारण विद्यार्थीको जीवनमा प्रतीकुल असर पारिरहेको र धार्मिक आस्थामा समेत खलल परिरहेकाले टिकटक संघर्ष समितिले आज जिल्ला प्रमुख मार्फत प्रमलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपालमा आर्केष्टा बन्द भएपनि टिकटक स्टार भनिने नर्तकीहरु अश्लील गीतमा नृत्य गरि समाजमा विकृति फैलाउन पछि परेको छैन्।
टिकटकका कारण अध्यन अध्यापनमा असर पर्ने, आत्महत्या,पोइल जाने, जागिर धरापमा पर्ने, जागिर चट् हुने जस्ता विकृति मौलाएका कारण टिकटकलाई बन्द गर्न आग्रह सहित आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्रमुख मार्फत प्रमलाई ज्ञापनपत्र बुझाइएको टिकटक संघर्ष समितिले जानकारी गराएका छन्।