प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले दिईन संसदीय अनुगमन विशेष समिति सदस्य पदबाट राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले दिईन संसदीय अनुगमन विशेष समिति सदस्य पदबाट राजीनामा

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले मधेस प्रदेशको प्रदेशसभाको संसदीय अनुगमन विशेष समितिको सदस्य पदबाट राजीनामा दिएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरुको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् ।

तिवारीले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरुले समितिलाई आवश्यक कागजातहरु समयमा उपलब्ध नगराएको आरोप लगाएकी छन् । १५ दिनका लागि बनेको यो समितिमा सत्तापक्षकै सांसदहरुको हालीमुहाली रहेको र बैठक बस्न समेत आनाकानी भइरहेकोले काम गर्न सक्ने वातावरण नै नभएको सांसद तिवारीको भनाइ छ ।

सभामुख सरोजकुमार यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिको सदस्यमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस