करण कुमार मिश्र, १३ भाद्र रौतहट।
रौतहटको कटहरियामा नयाँ बिधालय भवनकाे शिलान्यास गरिएको छ। वडा नं.–५ कटहरियामा ४ कोठे बिधालय भवनको शिलान्यास गरिएको हो ।
श्री जनता मावि कटहरियामा अंग्रेज़ी माध्यममा पठन पाठन गर्न भवन अभाव भएको हुनाले नयाँ भवनको लागि सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर अजय प्रकाश र उप प्रमुख रिता देवीले संयुक्त रूपमा कटहरिया नगरपालिका वडा नं.–५ कटहरिया स्थित रहेको श्री जनता माध्यमिक बिधालयको ४ कोठे भवन निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास गर्नु भएको हो ।
श्री जनता माध्यमिक बिधालय कटहरियामा रहेको निकै पुरानो बिधालयको रूपमा रौतहटमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको बिधालय हो र कटहरिया नगरपालिकामा आशन्न स्थानीय तहको निर्वाचन पछि मेयरमा नेपाली कांग्रेस बाट अजय प्रकाश विजयी भएपछि बिधालयहरुको गुणस्तरीय शिक्षा प्रती विशेष चासो देखाएको छ, फलस्वरूप कटहरियाको जनता मा.बि मा अब देखी अंग्रेज़ी मध्यममा अध्यन अध्यापन गराउनको लागि भवन अपुग रहेको ठाँउमा नयाँ बिधालय भवन निर्माणको लागि शिलान्यास गरि निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
मेयर जैसवालले नगरपालिका बाट करिब ७० लाखकाे लागतमा उक्त बिधालय भवन निर्माण हुन लागेको र निर्माण कार्य चाडै हुने बताए । शिलान्यास कार्यक्रममा:- उपमेयर रिता देवी, कांग्रेसका समाजसेवि नेता जवाहर लाल यादव, श्री जनता माध्यमिक बिधालय कटहरियाका प्रधानध्यापक योगेन्द्र कुशवाहा, क्याम्पस प्रमुख गजेन्द्र यादव,शिक्षक शिक्षिका, पत्रकार लगायतका कांग्रेसका नेता कार्यकर्ता तथा आम जन समुदायको विशेष उपस्तिती रहेको थियो I