रमेश कुमार यादब
भदौँ १४,रौतहट
रौतहट जिल्लाको मलाहि टोलमा चटयाङ्ग लागेर एकै परिवारका तिन जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.३ पर्ने मलाहिटोलमा मंगलबार बिहान करिब ७:३० बजे परेको पानी सहित चटयाङमा परि तिन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिङले जानकारी दिएका छन ।प्रहरी नायब उपरिक्षक अनुसार खेतमा काम गर्न गएका १६ जना मध्ये चटयाङमा परेका ३ जनाका गम्भिर घाईते भएको थियो ।
गम्भिर घाईते भएका तिनै जनालाई जिल्लाको मधयभागमा अवस्थित रहेको सिटि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक सिँहले बताउनु भयो । मृत्यु हुनेमा सोहि ठाउँको बर्ष ३९ को सुदनिया देवी ,१७ बर्षको जगिया कुमारी र बर्ष १८को मनिषा कुमारीको मृत्यु भएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको बताउनु भयो ।