सशस्त्र प्रहरीद्वारा मधेश प्रदेशबाट १ महिनामै करोडौको अवैध सामाग्री बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र १५, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
सशस्त्र प्रहरीद्वारा मधेश प्रदेशबाट १ महिनामै करोडौको अवैध सामाग्री बरामद

रौतहट, १५ भदौ ।  सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ महिनामै करोडौको अवैध सामाग्री बरामद गरेको छ । 

सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम् मधेश प्रदेशका प्रमुख प्रहरी नायब उपरीक्षक (डीआईजी) गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले भन्सार छलेको करोडौंको सामाग्री बरामद गरेको हो ।

डिआईजी मगरका अनुसार साउन मसान्तसम्मको अवधिमा मात्रै भारतबाट अवैध रूपमा भित्र्याइएको ४ करोड ५२ लाख, ४ सय ३५ रुपैया बराबरको कपडा, किराना, हार्डवेयर लगायतका सामाग्री बरामद गरिएको छ । 

त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्रोत नखुलेको १७ लाख ८ सय २५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको डिआईजी मगरले जानकारी दिए । सोही अवधिमा ६ लाख ६१ हजार रुपैयाँ बराबरको चौपाया, ८ लाख १६ हजार बराबरको अवैध काठ, ५५ सय थान विभिन्न प्रकारको लागुऔषध, र ७ सय ६० किलोग्राम गाँजा बरामद गरिएको छ । 
साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार, ८६ पटक संयुक्त गस्ती, ९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस