रौतहट । भदौ १५ गते
पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल रौतहट शाखाले मौलापुर एफ एमका समाचार प्रमुख पत्रकार सागर संगम ठाकुरलाई एक जना स्थानियले समाजिक संजालमा मार्फत गरेको गाली गलौज गरी फोन मार्फत समेत धम्की दिएको भन्दै त्यसको निन्दा गरेको छ ।
पत्रकार सागर संगम ठाकुरलाई देवाही गोनाही नगरपालिका ९ धरहरीका स्थानिय बिनहोती साह कानुका छोरा दिपक कुमार साह कानुुले जथाभावी गाली गलौज गरी फोन मार्फत समेत धम्की दिएको भन्दै साह माथी कार्वाहीको माग गरेका छन ।
प्रेस चौतारी रौतहटका सचिव मुकेश कुमार साहले बुधवार प्रेस बिज्ञप्ती जारीगर्दै संगठनका सदस्य सागर संगम ठाकुुरलाई फेसबुक मार्फत गालीगलौज गरी मानमर्दन गर्ने कानुु माथी कानुनी कार्वाही गर्न स्थानिय प्रशासन संग माग गरेका हुन ।
प्रेस चौतारी जिल्ला कार्य समिती सदस्य पत्रकार ठाकुुरले देवाही गोनाहीमा जसपालाई ठुलो झटका लाग्ने सम्भावना,धरहरी बाट जसपाका नेता एमालेमा प्रवेश गर्दै भनेर फेसबुकमा स्टाटस लेखेका थिए ।
साहले चित नबुझेको खण्डमा स्टाटस खण्ड गर्ने बिकल्प हुदा हुदै निजले समाजिक संजालमै छडा सब्द प्रयोग गरि गाली गलौज गरेको र फोन मार्फत समेत धम्की दिएको प्रति त्यस्ता ब्यक्तीलाई कानुनको दायरामा ल्याई कार्यवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धि निकाय संग बिज्ञप्ती मार्फत माग गरीएको छ ।