रमेश कुमार यादब
भदौँ १६,रौतहट
रौतहटको गमहरियामा ३९० घण्टे सिलाई कटाई तथा चुरी लहठी तालिम तथा प्राबिधि हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.९ अन्तर्गत पर्ने गमहरियामा आर.डि.सि र वल्र्डभिजन ईन्टरनेशनल नेपाल संस्थाको सहयोगमा र पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजना अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको थियो । सिलाई कटाई तथा चुरी लहठी तालिम तथा प्राबिधि हस्तान्तरण कार्यक्रम गत असार ६ गते देखि सुरु भएको कार्यक्रम भदौं ९ गते बिहिबार समापन भएको हो ।
सिलाई कटाई तथा चुरी लहठी तालिम तथा प्राबिधि हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसावल रहनु भएको थियो भने बिशिष्ट अतिथि नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरी रहनु भएको थियो । कार्यक्रमको सम्बोधन गर्दै मेयर जैसवालले भने आजको युगमा महिलाहरु पनि अव कुनै पुरुष भन्दा कम नरहेको बताउनु भयो । महिलाहरुलाई चुलोचौकामा मात्र सिमित नरहि र अरुको भरमा बाँच्न नपरोस भनि उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।यस कार्यक्रमले आफ्नो नगरमा रहेका बेरोजगार महिला दिदि–बहिनीहरुलाई छोटो समयमा सिलाई कटाई तालिम सिकि स्वरोजगार बन्न सक्ने र आत्मनिर्भर भई परिवार लगायत बालबच्चाको पनि राम्रो लालनपोषण गर्नमा मदत पुर्याउने थप बल मिल्ने बताउनु भयो ।नगर प्रमुख जैसवालले भने सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न आग्रह समेत गर्नु भयो ।सिकेको कुरा र लिएको समाग्रीलाई घरमा थन्कयाउने जस्ता कार्य र आफ्नो नातेदारहरुलाई बिक्रि बितरण नगर्न आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रममा २० जना महिलाले सिलाई कटाई तथा १० जना महिलाले चुडि लहठीका तालिम लिएका थिए ।टेस नेपालले प्रशिक्षण दिएका थिए ।तालिम लिएका महिला उद्धमिहरुलाई २० थान सिलाई मिसिन र चुडि लहठि बनाउने तालिम लिएका १० जना महिलाहरुलाई छुरा र चुडि लहठि बनाउनको लागी प्रयोगमा आउने उपकरणहरु समेत हस्तान्तरण गरिएको आर.डि.सिको कोषाअध्यक्ष ममता झाले जानकारी दिनु भएको हो ।
अर्जुन काफ्लेले सिलाई कटाई तथा चुरी लहठी तालिम र प्राबिधि हस्तान्तरण कार्यक्रमको बारेमा जानकारी सहित स्वागत मन्तब्य राख्नु भएको थियो ।हस्तान्तरण कार्यक्रममा आर डि.सिका कर्मचारी,ट्रेस नेपालको प्रतिनिधि ,भद्रभलादमि,बुद्धजिबि ,संचारकर्मि लगायत सयकडौँ मानिसहरुको उपस्थिती रहेको थियो ।