अमृता पासवान।१८भदौ।
रौतहट / नेकपा एकीकृत समाजवादी रौतहटले निर्वाचन क्षेत्र ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका लागि समानुपातिक सहित ४९ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि परेका हुन्।
रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र संविधान सभा सदस्य रामकुमार भट्टराई गरि दुई जनाको नाम सिफारिस भएको हो।
त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा प्रत्यक्ष तर्फ महेन्द्र चौलागाईं,बालकृष्ण श्रेष्ठ,बाबुराम दहाल,लक्ष्मण रेग्म,अमर आले,मदन सापकोटा,विनोद चौधरी,कृष्ण खडका, प्रभाष विक्रम खाण र कृष्ण चन्द्र पोखरेल गरि जम्मा १० जनाको नाम सिफारिस भएको छ भने।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ को (ख)मा शेख कलिमुलाह,रामजी साह,राजिन्द्र राम,मोहम्मद अजरुदिन,शेख सतार अहमद,पंकज कुमार जयस्वाल,धर्मेन्द्र पटेल र लखिन्द्र प्रसाद साह गरि जम्मा ८ जना को नाम सिफारिस भएको छ।
त्यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ नन्दलाल साह,हेबहादुर थापा,जतिलबहादुर परियार,बिनिता खरेल,कल्याणी खडका,विशेस्वर प्रसाद कुश्वाहा,ईन्द्रमाला जयस्वाल,रामरती चौधरी,महम्म तैयब,खुस्तरा जहान र हरिनारायण पटेल गरि १२ जनाको नाम सिफारिस भएको छ।
प्रदेश सभा समानुपातिक तर्फ सलामोदिन दर्जी,अरुण राम,प्रतीक्षा कार्की,श्यामनन्दन सहनी,हसिमा खातुन र अनिता जिम्बा लगायत अन्य १५ जना गरि २१ जनाको नाम सिफारिस भएको नेकपा एकीकृत समाजवादी रौतहटले जनाएको छ।