बारामा डाँका र प्रहरीबीच दोहोरो झडप ,एक प्रहरी सहित दुइ घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र १९, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
बारामा डाँका र प्रहरीबीच दोहोरो झडप ,एक प्रहरी सहित दुइ घाइते

बारा १९ भदौ ।  

वीरगञ्ज–पथलैया औद्योगिक क्षेत्रमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ एरोटेक प्रालिमा राति १२ बजे लुटपाट गर्न आएको डाँकाहरूको समूहसँग प्रहरीको झडप भएको हो ।

भिडन्तमा डाँका समुहले गरेको रड प्रहारबाट ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक कमल बहादुर शाही घाइते भएका हुन् । 

उनको टाउकोमा गम्भिर चोट लागेकाले उनको वीरगञ्ज स्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलको आईसियुमा उपचार भईरहेको छ ।

उद्योगमा डाँकाहरू प्रवेश गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, जीतपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीको कमान्डमा टोली पठाइएको थियो । प्रहरी घटनास्थल पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो झडप भएको हो ।

झडपको क्रममा डाँकाहरूले एक राउन्ड र प्रहरीले तीन राउन्ड हवाई फायर गरेका थिए । हतियारसहित लुटपाट गर्न उद्योग छिरेका १०-१२ जना डाँकाहरूको समूहमध्ये एकजना डाँकाले फलामको रडले प्रवनानि शाहीको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भए । 

प्रहरी माथि डाँका समुहले रड प्रहार गर्नुका साथै एक राउण्ड गोली चलाएपछि प्रहरीले ३ राउण्ड गोलि चलाएको बोगटीले जानकारी दिए ।

प्रहरीले डाँका समूहका दुईजनालाई नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । प्रहरीले डाँकाहरूको साथबाट तीन थान गोलीसहित एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित दुई थान बन्दुक बरामद गरेको छ । डाँकाहरू स्थानीय चोरहरू रहेको र उनीहरू लुटपाट गर्न उद्योगमा गएको प्रहरीले जनाएको छ ।
 

ताजा अपडेट

खोजी गर्नुहोस