रौतहट । भादौ १९ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वड़ा नम्बर २ गेडहीगुठीमा विधुतको करेन्ट लाग्दा एक जना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय दिनेश सहनीको १४ वर्षीय छोरी अमविका कुमारी सहनी रहेको छ । नुहाउने क्रममा हैण्डपाइप मा जडान गरिएको विधुतीय मोटरको विधुत प्रबाह भई करेन्ट लाग्दा गंभीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटना पछि पुगेका नगर प्रमुख कान्थमणि जायसवालले मृतक प्रति सम्बेदना प्रकट गर्दै मृतक परिवारलाई तत्काल सहयोग स्वरुप २५ हजार रुपैया दिने बताएका छन ।
नगर प्रमुख जायसवालले थप सहयोग समेत गर्ने प्रतिवद्धता जनाएका हुन । उपप्रमुख पूनम चौधरीले मृतक प्रति सम्बेदना समेत प्रकट गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्न समेत आग्रह गरेकी छीन ।