उपमेयर रिता देवीको पहलमा कटहरियाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र २०, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
उपमेयर रिता देवीको पहलमा कटहरियाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पवन उपाध्याय।
२० भदौ,रौतहट।

रौतहटको कटहरिया नगरपालिकाको उपमेयर रिता देवीको पहलमा कटहरियाको स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

कटहरिया नगरपालिकाको उपमेयर तथा नेपाली काङ्ग्रेसका युवा नेता जवाहरलाल यादवको संयुक्त पहलमा मधेस प्रदेशका स्वास्थ्य आपूर्ति मन्त्रालयले आज १५ लाख बराबरको स्वास्थ्य सामग्री डा. धर्मेन्द्र पटेललाई हस्तान्तरण गरेको हो।

कटहरिया नगरपालिकाको मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता यादवले चुनावी अभियानमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए। सो अनुसार सोमवारका दिन १५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ शाखाको सह-संयोजक दिनेश प्रसाद यादव बताएका छन्।

जीर्ण अवस्थामा रहेको पिएसीमा आज १५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण हुदा चिकित्सक तथा स्थानीयहरुले खुसी व्यक्त गरेका छन्।

कटहरिया नगरपालिकाकी उपमेयर यादवले नगरका समग्र विकासका बारेमा आफू गम्भीर रहेको बताएकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस