रमेश कुमार यादब
भदौं २० ,रौतहट
गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले शिक्षामा सुधारको लागी अग्रता देखाउनु भएको छ। गरुडा नगरपालिका मातहत रहेका सम्पूर्ण विद्यालयहरुको प्रधानाध्यापकहरु संग बैठक बसी शिक्षा क्षेत्रमा सुधार ल्याउन आवश्यक छलफल गर्नु भएको छ। शैक्षिक क्षेत्रलाई नियमित,व्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन निर्देशन समेत दिनु भयो । उहाले विद्यालयमा शिक्षक कर्मचारी नियमित रुपमा उपस्थिति रहन तथा १० बजे विद्यालयको गेट बन्द गर्ने नियम लगाउन भन्नु भयो । शिक्षक कर्मचारी तथा विद्यार्थीले नियमित रुपमा निर्धारित पोसाक सहित विद्यालयमा उपस्थित गराउने तथा विद्यालय सरसफाईमा बिशेष ध्यान दिन समेत आग्रह गर्नुभयो । कक्षा भित्र अनावश्यक मोबाइल प्रयोग नगर्ने तथा आवश्यक भएको खण्डमा प्र।अ संग स्विकृती लिइने निर्णय गर्नु भयो । बैठक मार्फत विद्यालय व्यबस्थापन समिति गठन गर्ने र दिवाखाजा मेनु तयारि गरी राख्न उहाले भन्नुभयो ।आइतबार खिर तरकारी ,सोमबार चिउरा तरकारी ,मंगबार खिचडी तरकारी ,बुधबार मिक्स फ्राई राइस , बिहिबार हलुवा तरकारी ,शुक्रबार खिर तरकारी वा फलफुल खुवाउने उहाले निर्देशन दिनुभयो। बिधालयमा बिधार्थीहरुलाई समेत अगाडी बढाउन विद्यालय स्तरिय बाल गठन गर्न र
गुनासो सुनुवाई समिति गठन तथा गुनासो पेटिका राख्न निर्देशन दिनु भयो । कक्षा १(१० सम्म पूर्ण निशुल्क तथा ११ र १२ मा अर्ध निशुल्क पठन(पाठन गर्न तथा परिक्षा समिति गठन गरि नगर स्तरिय परिक्षा संचालन गर्ने उहाले सुझाउनु भयो।
साथै उहाले नगर शिक्षा संयोजकको नेतृत्वमा निरन्तर अनुगमन र निरीक्षण गर्ने, अनुगमन तथा निरीक्षण पश्चात आवश्यक सुझाव र पृष्ठपोषण प्रदान गर्न समेत निर्देशन दिनुभयो । मेयर जयसवालले
शिक्षा नै समाज विकासको मूल आधार रहेकोले शिक्षा सुधारमा समाज नै अग्रसर हुनुपर्ने भनाई थियो। गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि विद्यालयमा शिक्षण सिकाइ व्यवस्थित र प्रभावकारी बनाउन बिभिन्न कार्ययोजना बनाई गरुडा नगरपालिका अगाडी बढ्ने समेत उहाले जनाउनुभयो ।