भाद्र २१ गते, रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका स्वास्थ्य संयोजक रघुनाथ साहले सर्वसाधारण नागरिकको लागि सरकारले निशुल्क उपलब्ध गराउने औषधीमा अनियमितता गरेको आशंका गरिएको छ । फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य चौकीहरुको लागि आएको विभिन्न प्रकारका औषधी स्वास्थ्य संयोजक रघुनाथ साहले उक्त स्वास्थ्य चौकीहरुलाई नदिई बाटोबाट नै गायब बनाइदिएको वडा अध्यक्ष पप्पु यादवले बताएका छन । स्वास्थ्य चौकीको लागि आएको औषधीमा स्वास्थ्य संयोजक साहले भ्रष्टाचार गरेको उनले आरोप लगाए । स्वास्थ्य चौकीको लागि आएको औषधी स्वास्थ्य संयोजक साहले बाटोबाट नै गायब गरिदिएको कुरा आफुले थाहा पाएपछि उनलाई औषधी उपलब्ध गराउन पटक पटक ताकेता गर्दा पनि अझै ल्याउन नसकेको भन्दै वडा अध्यक्ष यादवले स्वास्थ्य संयोजक साहमाथी आक्रोसित भएका छन् । स्वास्थ्य जस्ता अति संवेदनशील विषयलाई समेत स्वास्थ्य संयोजक साहले मज्जाक बनाउँदै सर्वसाधारण नागरिकको जिवन सँग खेलवाड गर्ने काम गरेको उनले बताए ।
सर्वसाधारण नागरिकको जिवन सँग खेलवाड गर्ने स्वास्थ्य संयोेजक साहलाई आवश्यक कार्यवाही गर्न वडा अध्यक्ष पप्पु यादवले माग गरेका छन् । नागरिकको जिवनसँग खेलवाड गर्ने स्वास्थ्य संयोजकको अनुचित कार्य कुनै हालतमा स्वीकार्य नहुने उनले बताए । पैसाका लागि नागरिकको जिवन सँग खेलवाड गर्ने स्वास्थ्य संयोजक साहलाई कार्यवाही गर्न आफुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवलाई आग्रह गर्दा पनि अधिकृत यादवले अहिलेसम्म उनलाई कार्यवाही गर्न नसक्नु दुखद भएको उनले बताए । आजको कार्यपालिका बैठकमा समेत आफुले भ्रष्ट स्वास्थ्य संयोजक साहलाई कार्यवाही गर्न माग गरेको बताउँदै वडा अध्यक्ष यादवले साहलाई कार्यवाही नगरेसम्म कार्यपालिका बैठकमा आफु उपस्थित नहुने समेत उनले उदघोष गरे । नगरपालिकाले भ्रष्ट स्वास्थ्य संयोजक साहलाई कार्यवाही नगरे आफुहरु जन कार्यवाही गर्न बाध्य हुने समेत वडा अध्यक्ष यादवले चेतावनी दिएका हुन । यस विषयमा भोली प्रशासकिय अधिकृतसँग अन्तिम पटक कुरा गर्न नगरपालिकाको कार्यालयमा जाने उनले बताए ।