भदौं २१,रौतहट
रमेश कुमार यादब
रौतहट जिल्लाको गरुडामा आरम्भ परियोजना अभिमुखिकरण तथा स्थानिय परियोजना सल्लाहकार समिति गठनका लागी बसेको बैठक कार्यक्रम सम्पन भएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको सभाहलमा आसमान नेपालले आयोजना गरिएको आरम्भ परियोजना अभिमुखिकरण तथा स्थानिय परियोजना सल्लाहकार समिति गठनका लागी बसेको बैठकमा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएको छ ।कार्यक्रमको सम्बोधन गर्दे नगर प्रमुख जैसवालले आसमान नेपालले ल्याएको योजना एकदम सराहनिय रहेको बताउनु भयो ।आसमान नेपालले आफ्नो नगरको बालबालिका लगायत छात्रछात्राहरुमा शिक्षा प्रदान गर्नमा थप सहयोग गर्नेमा धेरै धेरै धन्याबाद दिएका थिए ।बास्तवमा शिक्षामा रौतहट एक दमै पछाडी परेका जिल्ला रहेको बताउनु भयो ।अरु ठाउँ भन्दा रौतहट सुगम क्षेत्र भए पनि शिक्षामा पछाडी रहेको बताउनु भयो ।शिक्षामा पछाडी हुँदा समाजमा पनि बिभिन्न किसिमका घटनाहरु दिनानुदिन घटदैँ गईरहेको छ।यसको मुख्य कारण शिक्षा रहेको बताउनु भयो ।त्यसमा पनि सबभन्दा समाजमा छोरीहरुलाई बिधालय जानबाट पनि बन्चित गराएको देखिन्छ ।यसमा गरिबीको कारण पनि हुने भएकोले काममा लगाईएको पाईएको देखिन्छ ।तर यस आसमान नेपालले बिधालय बाहिर रहेका किशोरीहरुको साक्षरता बनाउने योजना ल्याएको बताउनु भयो ।यस परियोजनाले नगरका किशोरीहरु पनि साक्षर हुने र गणित कक्षाको सुधारात्मक हाजिरी ,संज्ञात्मक तथा असंज्ञात्मक सिपहरु बिकास गर्ने भएकोले यो परिजनाबाट नगरपालिका भित्रका लक्षित समुदाय लाभान्वित हुने नगर प्रमुख जैसवालले बताउनु भयो ।बिधालय जानबाट बन्चित रहेका किशोरीहरुलाई प्रोढ शिक्षा जस्तै घरमा नै पढाई शिक्षित बनाउने योजना रहेको बताए ।१६ बर्ष देखि ६० बर्षका सम्पुर्ण युवायुवतीहरुलाई शिक्षा प्रदान गरि नगरलाई नै साक्षर नगरपालिका बनाउने योजना रहेको बताउनु भयो ।सोहि क्रममा वार्डमा चलिरहेको योजनालाई किशोरीहरुको शिक्षा प्रदान गर्नमा सहजता हुनको लागी कोठा समेत उपल्बध गराई दिने आग्रह गर्नु भयो ।नगरपालिकाको अरु वार्डमा बाँकी रहेको यो योजना अगामी दिनमा त्यो वार्डमा राखि बन्चित रहेका किशोरीहरुलाई शिक्षा प्रदान गर्ने समेत जानकारी दिनु भयोे ।
सोहि कार्यक्रमबाट नगर प्रमुखको संयोजकत्वमा ९ सदस्य समिति पनि गठन गरिएको थियो ।संयोजकमा नगर प्रमुख कन्थमनि प्रसाद जैसावल ,सदस्यहरुमा वार्डनं.१ का वडाअध्यक्ष शेख वाहब ,२ नं.का वडाअध्यक्ष कृष्णनन्दन सहनी ,शिक्षा संयोजक सुबोध चौधरी ,महिला बालबालिका शाखाबाट अस्मिता कुमारी यादब ,समाजिक शाखा राजबहादुर ठाकुर ,कार्यपालिका सदस्य धनमन्ती राम ,ध्रुव साह र परियोजना संयोजक सदस्य सचिवमा जमुना श्रेष्ठ सर्वसहमतबाट चयन भएको हो । उक्त कार्यक्रममा नगरपालिकाको नियमति प्रमुख प्रशाशकिय अधिकृत रामबाबु राय यादब ,गरुडा नगरपालिकाको वार्ड नं.१का वडाअध्यक्ष शेख वाहब ,वार्ड नं.२ का वडाअध्यक्ष कृष्णनन्दन सहनी ,वार्ड नं.३ का वडाअध्यक्ष अम्बिका सहनी ,४ का वडाअध्यक्ष सुनिल जैसवाल ,र ६ का वडाअध्यक्ष रामबाबु चौधरी लगायत संचारकर्मि र नगरपालिकाको कार्यपालिकाको सदस्यहरुको सहभागिता रहेको थियो ।