२१ भदौ,रौतहट
बिमलेश कुमार झा
रौतहट नेकपा माओवादी केन्द्रले पूर्व सांसद तथा पार्टीका पोलिट व्युरो सदस्य अशोक जैसवाललाई रौतहट निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गरेको छ। मंगलबार सम्पन्न क्षेत्रीय बैठकले पूर्व सांसद जैसवाललाई प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गरेका छन्।
रौतहटको परोहा नगरपालिका ६ बसन्तपट्टीमा बसेको बैठकले जैसवालको नाम सिफारिस गरेको हो। आज मंगलबार बसेको बैठकबाट जैसवालसँगै धर्मेन्द्र पटेल,कमरेज अख्तर,अरूण जयसवाल, जाकीर हुसैन, ललितपुर देवी, रामप्रसाद सहनीको नाम सिफारिस गरेका छन् । युवा नेता मनोज मुखिया अनुसार बैठकले सोही निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यको समानुपातिक पदका लागि अरूण जयसवाल र मो. जाकीर हुसैन त्यस्तै २ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि धर्मेन्द्र पटेल र कमरेज अख्तर, समानुपातिमा ललितपुर देवी र रामप्रसाद सहनीको नाम सिफारिस गरेको छ।