रौतहट, भदौ २२
राजकुमार यादव
नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रको आयोजनामा विधुत चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं ग्राहस्थ प्रयोजनामा घरदैलो विधुत मिटर वितरण कार्यक्रम आज बुधबार मौलापुर नगरपालिका अन्तर्गत वडा ८ सोनरनियाँमा सम्पन भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मौलापुर शाखाले विद्युत चुहावट नियन्त्रण गर्नका लागि वडा ८ सोनरनियाँका ग्राहकहरुलाई विधुत मिटर वितरण गरिएको छ । स्थानीय बलकेशिया देवी, शियापति देवी , मरछिया देवी र हिरमतिया देवी लगायत २५ जाना ग्राहकहरुलाई मौलापुर ८ वाडा कार्यलयको प्रागनमा वाडाध्यक्ष शिवप्रशन यादवको उपस्तिथिमा वितरण कार्यक्रम सम्पन्न भएको नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यलय प्रमुख संदिप दासले बताए ।
विद्युत चुहावट नियन्त्रण गर्नका निमित्त उक्त सार्वजनिक सुनुवाई अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्षेत्र अन्तर्गत स्थानिय तह हरुका वडामा चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरि विभिन्न कार्यक्रमलाई सहज बनाउँनका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको कार्यालयले जनाएको छ । विद्युत चुहावट नियन्त्रणमा लिई कानुनि प्रक्रियाअनुसार कारवाहि गरिनु मात्र नभई सम्बन्धित क्षेत्रमै चुहावट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दा जनताहरु सुशुचित हुने हुँदा यस्तो कार्यक्रमको थालनि गरिएको वितरण केन्द्रका प्रमुख दास ले बताएका छन् । नेपाल विद्युत प्राधिकरणको भनाइमा विद्युतको प्राविधिक चुहावट घटाउने र तराई भेगमा बिजुली चोरी नियन्त्रण गर्ने कार्य निकै चुनौतिपूर्ण छ। विद्युतको चरम अभाव भोगिरहेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीबाट २५ प्रतिशतभन्दा बढी बिजुली चुहिएरै खेर जाने गरेको प्राधिकरणको भनाइ छ।