रौतहट , २२ भदौ । वडा प्रहरी कार्यालय बिर्ताले तीन जना भारतीय अधवैसे महिलालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट एक बालकलाई चोर्ने प्रयास गरेको आशंकामा ति महिलाहरुलाई नियन्त्रणमा लिएर स्थानीयले वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाएका हुन् ।
जडिबुटी, पतंजली तथा आयुर्वेदीक औषधी तथा केहि पत्थर लगायतका सामान बेच्न नेपाल आएको प्रारम्भीक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले जानकारी दिए ।
थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरी निरिक्षक मल्लले बताए ।