ओम प्रकाश यादव
भाद्र २४ गते, रौतहट ।
रौतहटको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव दुवैजना सँगै बसेपछि रौतहटको राजनीतिमा एक नयाँ तरंग पैदा हुने अनुमान गरिएको छ ।
रौतहटको सदरमुकाम गौर स्थित दाल मिलमा आजदेखी शुरुभएको तिन दिने वृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र राज्य मन्त्री योगेन्द्र राय यादव दुवैजना संगै बसेका थिए ।
निर्वाचनको समय नजिकमा आइसकेको र गठबन्धनमा सिट बाँडफाँट गर्ने कार्य अन्तिम चरणमा पुगेको समय गठबन्धनका शीर्ष नेता माधव नेपाल र योगेन्द्र यादव एउटै मञ्चमा बसेर निकै खुसीका साथ दुवै जना पटक पटक कुराकानी गरेको विषयलाई लिएर अहिले विभिन्न किसिमका अडकलबाजी भइरहेको छ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एसका अध्यक्ष माधव नेपाल रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने सोचमा रहेका छन भने रौतहट क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा निर्वाचित प्रदेशसभा सदस्य एवं कृषि राज्य मन्त्री योगेन्द्र यादव आउँदो चुनावमा पुन आफु निर्वाचित भएको क्षेत्र १ को ख बाट नै चुनाव लड्ने घोष्णा गरिसकेका छन ।
माधव नेपाल रौतहटबाट लड्दा गठबन्धनबाट आफुले नै टिकट पाउनेछन भने मन्त्री यादवले दावी गरेको छ । रौतहट क्षेत्र नं १ को ख बाट जसपा नेता योगेन्द्र राय यादव तथा क्षेत्र नं १ को ख बाट नै नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादव पनि लड्ने भएको ले दुवै जना मध्ये एक जनाले मात्र टिकेट पाउने छन् ।
माधव नेपाल र योगेन्द्र यादवको आजको यो भेटघाटले क्षेत्र नं १ को ख बाट योगेन्द्र यादवले टिकट पाउने सम्भावना बढेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव समेत योगेन्द्र यादवको लागि ख बाट नै टिकट दिन अडन लिएको छ ।