गरुडा, २४ भदौं । रौतहट
नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार कार्यक्रममा नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले गोरखापत्रको नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान गरेको छ । २५ हजार धनराशी रहेको उक्त पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाले आन्तरिक रुपमा मूल्याँकन गरी मिश्रको नाम छनौट गरेर आज वितरण गरिएका छन् । स्व. मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको पहिलो संस्करण गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले पाएको छ ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकारले समाज प्रति रहेको दायित्व र जवाफदेहितालाई इमान्दारीका साथ निर्वाह गरेमा मिश्र जस्तो अरु पनि सम्मानित हुने बताए । पत्रकारको काम कत्तव्र्यलाई पालना गरेर आफनो समाजको हितमा निरन्तर रुपमा कलम चलाउनुपर्ने स्पष्ट पारे । शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वन तथा पर्यटन उद्योग राज्य मन्त्री नागेन्द्र यादव गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, गौर नगरपालिकाको प्रमुख शम्भु साह, गरुडा नपाको उप प्रमुख पुनम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी,नेपाल पत्रकार महासंघका रौतहट शाखाका सचिव मदन ठाकुर लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उस्थिति रहेको थियो ।